Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

खरीद प्रक्रियाको म्याद थप्न माग

खरीद प्रक्रियाको म्याद थप्न माग

काठमाडौं, २३ चैत । । नेपाल निर्माण व्यवसायी महासंघले सार्वजनिक निर्माण र सेवा खरिदको म्याद थप गर्न माग गरेको छ । चैत ११ देखि २५ गतेसम्म सरकारले लकडाउन गरेकाले सार्वजनिक निकायमा खरिद प्रक्रियाको अवधि थप्नुपर्ने महासंघको भनाई छ ।
लकडाउनले गर्दा देश भित्र आवत जावत गर्न सबै श्रोत साधनहरु बन्द रहेको र अतिआवश्यक सेवा बाहेकका सबै खरीद प्रक्रियाहरुको म्याद एक महिना थप गर्ने निर्णय गरेको अवस्थामा सार्वजनिक खरीद अनुगमन कार्यालयले चैत १७ मा प्रकाशित सूचनालाई वेवास्ता गरेको भन्दै महासंघले आपत्ति जनाएको छ ।
महासंघका महासचिव रोशन दाहालले सम्पूर्ण खरीद प्रक्रियाको म्याद लकडाउन हटेको न्युनतम १५ दिन पछि सम्म थप गरिदिने व्यवस्थाका लागि संघीय सरकार, प्रदेश सरकार र स्थानिय सरकारसँग आग्रह गरिएको बताए ।
निर्माण व्यवसायीहरु हिडडुल गर्न नसक्ने अवस्थामा बैंक ग्यारेण्टी लगायतका कागजात तयार गर्न नसकिने भएकोले निर्माण कार्यका सबै खरीद प्रक्रियाहरुमा भाग लिन सक्ने अवस्था नरहेको भन्दै महासंघले खरीद प्रक्रियामा स्वच्छ प्रतिस्पार्धाका लागि सबै सार्वजनिक निकायहरुमा निर्माण कार्यको खरिद प्रक्रिया रोक्न महासंघले आग्रह गरेको हो । सरकारले भने निर्माण या खरिदको काम गर्नेको बैंक ग्यारेन्टीको म्याद समाप्त भएमा बैंक खुलेपछि एक् महिनाको म्याद थप गर्न सकिने सुविधा दिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x