Date

बुध, बैशाख १२, २०८१
Wed, April 24, 2024

कोरोना समुदायमा फैलिए के गर्ने ?

कोरोना समुदायमा फैलिए के गर्ने ?

काठमाडौं, २३ चैत । शनिबार कैलालीमा भारतको मुम्बईबाट फर्केका २१ वर्षे युवासहित उत्तरखण्डबाट आएका ४१ वर्षे वयस्क सहित नेपालमै रहेकी ३४ वर्षे महिलामा कोरोना संक्रमण पुष्टी भएको छ । एकैदिन तीन जना संक्रमित फेला परेको पहिलो पटक हो । यससँगै कोरोनाका बिरामी ९ पुगेका छन् । एकैदिन धेरै संख्यामा संक्रमित भेटिनु र विदेशबाट आएकाले नेपालमा रहेकालाई सारेको पुष्टी भएपछि यसले खतराको घण्टी बजाएको छ ।

त्यी युवा नेपाल भित्रिनुअघि गौरीफण्टा नाकामा हजारौंको भीडमा एक दिन बिताएका थिए । भारतमा काम गर्ने नेपालीहरु सरकारले लकडाउन गरेको भोलिपल्टै हूलका हूल बाँधेर फर्केका थिए । भारतमा भन्दा एक दिन अघि नेपालले लकडाउन कार्यान्वयनमा ल्याएको थियो । भारतमा पनि लकडाउन भएपछि आयश्रोत बन्द हुने डरले उनीहरु नेपाल आएका हुन् ।
उनीहरु नेपाल आएर पनि क्वारेन्टिनमा बस्नुको सट्टा घरघरमा गएर बसेका छन् । यसले परिवार र समुदायमा समेत कोरोना संक्रमणको सम्भावना बढाएको छ ।

विदेशबाट आएका कोरोना संक्रमितले क्वारेन्टिको पूर्ण पालना गरी, क्वारेन्टिन अवधिमा जाँच गराएर अनुशासन पालन गर्नु र अरुमा सर्न नदिनु नियन्त्रणात्मक चरण हो ।
परिवारमा कोरोना सारेको पाइएपछि अब नेपालले नियन्त्रणको चरण गुमाएको बुझ्न गाह्रो छैन । परिवार हुँदै क्रमशः समुदायमा कोरोना फैलने खतरा हुन्छ । यसलाई नियन्त्रण गर्न संक्रमित व्यक्ति र तीनका परिवारसँग सम्पर्क भएका, उनीहरुसँग भेटेका र उनीहरुको समुदायलाई सील गरेर छिटो–छिटो परिक्षण गर्नुपर्छ ।

नियन्त्रण पछि ‘ट्रेस एण्ड टेस्ट’ अर्थात् पहिल्याउने र परिक्षण गर्ने दोस्रो चरण हो । यसका लागि सुदुरपश्चिम सरकारले लकडाउनलाई अझ प्रतिवद्ध रुपमा कार्यान्वयन गर्ने बताएको छ । जुन अत्यावश्यक पनि छ । भारतबाट धेरै मानिसहरु आफ्नो घर फर्केकाले सुदुरपश्चिममा कोरोनाको जोखिम उच्च छ ।

आयातीत केसबाट नेपालीमा कोरोना सरेपछि नेपालले कोरोना फैलन नदिनका लागि दोस्रो चरणका उपाय अबलम्बन गर्नुपर्ने जानकारहरु बताउँछन् । यसैका लागि मन्त्रिपरिषद्को बैठकले स्थानीय तहमा एक बाट अर्कोमा आवतजावत कडाइँ गरिएको बताइन्छ । यसको कारण कोरोना फैलिएपनि सानो समुदायमा सीमित रहे यसलाई काबुमा लिन सकिन्छ । धेरै फैलिएपछि स्थिति भयावह हुन्छ । अस्पतालले धान्दैनन् । देशमा महाविपत्तिको अवस्था आइलाग्छ ।
दक्षिण कोरियाले कोरोना संक्रमण समुदायमा फैलिएपछि ‘ट्रेस एण्ड टेस्ट’ अर्थात् पहिल्याउने र परिक्षण गर्ने दोस्रो चरणको रोकथामका उपाय प्रभावकारी रुपमा लागू गरेकाले त्यहाँ एक महिनामै कोरोना नियन्त्रण गर्न सरकार सफल भयो । दक्षिण कोरियामा ‘पल्ली–पल्ली’ अर्थात् छिटो–छिटो गरी पहिल्याउने र परिक्षण गर्ने क्रमलाई तीव्रता दिइयो । एकैदिन दशौं हजारको परिक्षणले कोरियाले कोरोनाविरुद्धको लडाइँमा आफूलाई सुरक्षित राख्न सफल भएको हो । जुन नेपालमा पनि आवश्यक रहेको चिकित्सकहरुले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x