Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लक्ष्मी बैंकले कोरोनाको रोकथामका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

लक्ष्मी बैंकले कोरोनाको रोकथामका लागि १ करोड रुपैयाँ सहयोग गर्ने

काठमाडौं, २३ चैत । लक्ष्मी बैंक लिमिटेडले कोरोना महामारीकोे नियन्त्रण तथा प्रभावितहरुलाई राहत प्रदान गर्ने उद्देश्यले १ करोड रुपैयाँ बराबरको आर्थिक सहयोग प्रदान गर्ने निर्णय गरेको छ । जसमध्ये ३० लाख रुपैयाँ नेपाल सरकारले स्थापना गरेको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा र बाँकी ७० लाख रुपैयाँ सातवटै प्रदेशमा सम्बन्धित प्रदेश सरकारद्वारा स्थापित कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँका दरले जम्मा गरिने बैंकले जनाएको छ ।

नियमित बैंकिंग सेवाका अतिरिक्त बैंकको सामाजिक उत्तरदायित्वलाई समेत उत्तिकै महत्व दिने बैंकको लक्ष्य अन्तर्गत यो सहयोग गरिएको बैंकले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्ता कार्यहरुलाई निरन्तरता दिई सामाजिक गतिविधिहरुमा आवश्यक योगदान पु¥याउदैं लैजाने समेत बैंकले प्रतिबद्घता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x