के.एल. दुगड समूहद्वारा कोहलपुरका विपन्न परिवारलाई खाद्यान्न सामग्री बितरण
काठमाडौं, २३ चैत । के.एल. दुगड समूहले बाँकेको कोहलपुर नगरपालिका वाडा नं. ७, १४ र १५ मा ४ सय विपन्न परिवारलाई १५ केजीको फेमिली प्याक उपभोग्य सामाग्री वितरण गरेको छ । उक्त समूहले १० केजी चामल, २ केजी चक्की आटा, १ केजी दाल, १ केजी चना र १ लिटर धारा तोरीको तेल गरी १५ केजीको फेमिली प्याक ती वडाहरुमा बसोबास गर्ने गरीब, असहाय, अपाङगता भएकाहरुलाई वडा अफिसको समान्वयमा बितरण गरिएको हो ।
कोरोना महामारीले गर्दा कोही भोक भोकै बस्न नपरोस् भनेर दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरीब परिवारहरुलाई वडा कार्यालयले पहिचान गरेको र उक्त वडाकै समान्वयमा खाद्य समाग्री बितरण गरिएको के. एल. दुगड समुहका प्रतिनिधि प्रदिप छाजेडले बताए । उक्त समुहले कुनै बिपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रुपमा जीवन चलाउन अप्ठेरो हुने बर्गहरुलाई सधै सहयोग गर्दै आइरहेको र भबिष्यमा पनि यस्ता सहयोग गरिरहने उनको भनाइ छ ।