Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

उद्योग परिसंघद्वारा खाद्य सामाग्री आपूर्ति र राहत वितरण जारी

उद्योग परिसंघद्वारा खाद्य सामाग्री आपूर्ति र राहत वितरण जारी

काठमाडौं, २३ चैत । नेपाल उद्योग परिसंघले सरकारसँग सहकार्य गर्दै कोरोना भाईरसका कारण उत्पन्न विषम परिस्थितीसँग जुध्न आवश्यक खाद्यान्न सामाग्री वितरण कार्यलाई जारी राखेको छ । परिसंघले खाद्य सामाग्री अभाव भएकाहरुलाई केन्द्र सरकार, प्रदेश सरकार र स्थानीय निकायसँग समन्वय गरि खाद्य सामाग्री उपलब्ध गराउने प्रयास गरिरहेको छ ।

शनिबार बागमती प्रदेश उद्योग परिसंघका संयोजक ऋषिराम घिमिरेले बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई राहत सामाग्री स्वरुप दाल, चामल, नुन, तेल लगायत अन्य अत्यावश्यकीय सामाग्रीका एक हजार थान प्यकेटहरु हस्तान्तरण गरे । नेपालका सवै प्रदेश लगायत काठमाडौं, ललितपुर र भक्तपुरका विभिन्न स्थानहरुमा यस्ता राहत सामाग्रीहरु उपलब्ध गराईने परिसंघले जनाएको छ ।

यस्तो विषम परिस्थितीमा आफ्ना सदस्य प्रतिष्ठानहरुलाई दैनिक उपभोग्य वस्तु तथा अत्यावश्यकीय सामानहरुको उत्पादनलाई निरन्ता दिदै सोको आपूर्ति व्यवस्थालाई चुस्त दुरुस्त राख्न समेत आर्दिक आग्रह गरिएको परिसंघले प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ । यस्ता कारखाना तथा उद्योग संचालनमा सहजता ल्याउन त्यहाँ काम गर्ने मजदुर तथा कर्मचारीको आवागमनलाई समेत सहज गराउन सम्बद्ध सवैमा अपिलसमेत गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x