कोरोना रोकथाम कोषमा पर्वतारोहण संघको ५ लाख सहयोग गर्ने

काठमाडौं, २५ चैत । नेपाल पर्वतारोहण संघले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५ लाख रुपैयाँ जम्मा गर्ने भएको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै ५ लाख रुपैयाँ उक्त कोषमा सहयोग गर्ने जानकारी दिएको हो ।
सरकारले अघि बढाएको अभियानमा संघको तर्फबाट ऐकयबद्धता स्वरुप अर्थिक सहयोग गरिएको पनि उल्लेख गरिएको छ ।

त्यस्तै उक्त सहयोग रकमले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचारका साथै पर्यटनको क्षेत्रमा रहेका विपन्न र न्यन आय भएका प्रभावित परिवारहरुको दैनिक आवश्यक एवं उपभोग्य साम्रागीहरुका निम्ति सहयोग पुग्ने विश्वास लिइएको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *