Date

मङ्ल, बैशाख ११, २०८१
Tue, April 23, 2024

कोरोनाले संकटग्रस्त अर्थतन्त्र गभर्नरको मुख्य चुनौती

कोरोनाले संकटग्रस्त अर्थतन्त्र गभर्नरको मुख्य चुनौती
  • हृदयराज गौतम
    नेपाल राष्ट्र बैंकका लागि सोमवार एउटा महत्वपूर्ण दिन रह्यो । मन्त्रिपरिषद् बैठकले रिक्त गभर्नर पदमा महाप्रसाद अधिकारीलाई नियुक्त ग-यो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाबाट शपथ लिएर मंगलबार उनी राष्ट्र बैंकको १७औं गभर्नरका रुपमा बहाली भएका छन् ।
    राष्ट्र बैंकमै ३० वर्ष काम गरेर डेपुटी गभर्नरका रुपमा सेवानिवृत्त अधिकारीले चार वर्ष लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रहे । उनको कार्यकाल असार ८ मा सकिदैं थियो । तर त्यसअघि नै उनी पुनः राष्ट्र बैंक नै फर्केका छन् । राष्ट्र बैंकको कमाण्ड उनको काँधमा आएको छ । तीन दशक काम गरेको संस्थाको सर्वोच्च पदमा आसीन भएका उनका सामु निकै चुनौतीपूर्ण समय छ । कोरोना भाइरसका कारण विश्व अर्थतन्त्र नै शिथिल छ, नेपाली अर्थतन्त्रले सायदै यस्तो चुनौतीपूर्ण समय यसअघि व्यहोरेको होला ।
    कार्यकारी निर्देशक भएको १६ महिनामै तत्कालीन गभर्नर डा. युवराज खतिवडाले अधिकारीलाई डेपुटी गभर्नर बनाएका थिए । उनको कार्यकुशलताले आफूलाई प्रमाणित गरेका अधिकारी डेपुटी गभर्नरबाट अवकाश पाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई लगानी बोर्डको सीईओ बनाएका थिए ।
    संयोग नै भन्नुपर्छ, प्रधानमन्त्री ओली दोस्रोपटक प्रधानमन्त्री हुँदा उनलाई राष्ट्र बैंकको गभर्नर बनाए ।
    केन्द्रीय बैंकमा तीन दशक काम गर्दा अधिकारीसँग बैंक सुपरिवेक्षण, वित्त व्यवस्थापन, बैंक तथा वित्तीय संस्था नियमनका काममा दख्खल राखेका छन् । यद्यपि अहिलेको समय उनका लागि सहज भने छैन ।
    मुलुक लडाउनमा जानुअघि नै अर्थतन्त्रमा ठूलो टेवा पु¥याउने उद्योग, पर्यटन जस्ता क्षेत्र प्रभावित बनिसकेका थिएन भने अहिले आर्थिक गतिविधि ठप्पप्रायः छ । कोरोना प्रकोपकै कारण देशको अर्थतन्त्रका साथै वित्तीय क्षेत्र समस्याग्रस्त बनेको छ । नयाँ गभर्नरले यो कठिन अवस्थाबाटै कार्यभार अघि बढाएका छन् ।
    चार वर्षअघि भूकम्पले थलिएको अर्थतन्त्र उकास्न अधिकारीको योगदान महत्वपूर्ण थियो । यस्तै प्रकृतिको अप्ठ्यारो अहिले नेपालको अर्थतन्त्रमा आइपरेको छ । यो स्थितिमा उनको भूमिका अभैm सशक्त हुनुपर्ने देखिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडा राष्ट्र बैंकको गभर्नर हुँदा थालिएका वित्तीय क्षेत्र सुधारका अधिकांश पहलहरूमा डेपुटी गभर्नरका रूपमा अधिकारीले ठूलो साथ दिएका थिए । यस अर्थमा उनीलाई तत्कालीन गभर्नर खतिवडाको सारथीका रुपमा लिइन्थ्यो । अब केन्द्रीय बैंकका सुधारका काममा अधिकारीलाई पनि अर्थमन्त्री खतिवडाको उत्तिकै दरिलो साथ र सहयोगको खाँचो छ ।
    राष्ट्र बैंक सरकारको सल्लाहकार हो । त्यसैले राष्ट्र बैंकलाई सोही भूमिकामा टिकाउने र यसको गरिमा जोगाउने दबाबमा पनि छन् गभर्नर अधिकारी । यस्तै वित्तीय स्थायित्व, आर्थिक वृद्धि, मूल्य वृद्धि, विदेशी विनिमय सञ्चितिलगायत व्यवस्थापनको पनि उनको अर्को चुनौती हो ।
    कोरोना प्रभावकै कारण अहिले उद्योगी व्यवसायीको आग्रहमा ऋण चुक्ता गर्ने अवधि तीन महिना पर सारिएको छ । अवस्था थप जटिल भए ऋण मिनाहा गर्नुपर्ने दबाब आउने र त्यसले वित्तिय स्थायित्वमा खलल पु¥याउनेसम्म सम्भावना छ । यसले मुलुकको आर्थिक संकट झनै गहिरिने खतरा पनि उत्तिकै रहन्छ । अहिलेको संकटले उनको कठिन परिक्षा लिइरहेको छ ।
    सरकारले विस्तारकारी बजेट ल्याएमा त्यसअनुरूप मौद्रिक नीतिको व्यवस्था र कार्यान्वयनमा पनि गभर्नर अधिकारीलाई चुनौती हुन सक्छ । कोरोना प्रकोपले अर्थतन्त्र खस्कँदै गएको यो घडीमा उनले वित्तीय क्षेत्रका बहुआयामिक पक्षहरूको व्यवस्थापन गर्नुपर्ने हुन्छ । वित्तिय स्थायित्व, मुद्रास्फिति नियन्त्रण, बाह्य क्षेत्र स्थायित्व हरेक क्षेत्रमा चुनौती छ । यस्तै उनी ब्याजदर स्थायित्व, तरलता व्यवस्थापन लगायतमा पनि केन्द्रित हुनुपर्नेछ । यस्तै डिजिटल पेमेन्ट प्रणालीको विस्तार, व्यवस्थापन र नियमनको काम पनि गभर्नर अधिकारीबाट अपेक्षा गरिएको विषय हो ।
    समग्रमा भन्नुपर्दा कोरोनाले संकटोन्मुख बनेको अर्थतन्त्रलाई उकास्न गभर्नर अधिकारीले शुरुआतदेखि नै वित्तीय एवं रणनीतिक औजार प्रयोग गर्नुपर्ने देखिन्छ । लगानी बोर्डमा बसेर निजी क्षेत्रको समस्या समेत गहन रूपमा बुझेका, लगानी सहजीकरणमा काम गरेका उनले अर्थमन्त्री खतिवडासँगको समन्वयमा मुलुकको अर्थ व्यवस्था सन्तुलित राख्ने र अझै माथि उकास्ने आम अपेक्षा सम्बोधनमा उनको सफलता निर्भर हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x