Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

लकडाउन असर : उपत्यकामा दूध विक्री ८० प्रतिशत घट्यो

लकडाउन असर : उपत्यकामा दूध विक्री ८० प्रतिशत घट्यो

काठमाडौं, २८ चैत । कोरोना संक्रमण रोकथामका लागि सरकारले गरेको लकडाउनको ठूलो असर दुग्ध व्यवसायमा पनि परेको छ । लकडाउनका कारण हाल उपत्यकामा दूधको विक्री ८० प्रतिशतसम्म घटेको व्यवसायीको भनाइ छ ।
उपत्यकामा हाल पहिलेको तुलनामा १५ देखि २० प्रतिशतमात्र दूध विक्री भइरहेको नेपाल डेरी उद्योग संघले बताएको छ । सामान्य अवस्थामा देशभर दैनिक करीब ७ लाख लिटर दूध खपत हुने गर्छ भने हाल लकडाउनका कारण ३ लाख लिटरमा सीमित भएको छ ।
दुग्ध पदार्थ विक्री हुन नसकेपछि यति बेला साढे २ अर्बभन्दा बढीको स्टक बाँकी रहेको बताइएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डका अनुसार हाल चिज, बटर र धूलो दूध गरी सरकारी र निजीक्षेत्रका उद्योगहरूसँग करीब २ अर्ब ६३ करोड रुपैयाँ बराबरको स्टक बाँकी छ । दूधको खपत घट्दा र स्टक बढाउनुर्दा व्यवसायी र किसान दुवै मारमा परेको बोर्डले बताएको छ ।
दुग्ध उत्पादनको खपत घट्दा उद्योगी व्यवसायीहरू स्टक बढाउन बाध्य भएको नेपाल डेरी उद्योग संघले बताएको छ । दुग्ध पदार्थको पुरानो स्टक सक्नुपर्ने बेला अहिले उल्टै थप भण्डारण गर्नुपरेको व्यवसायीको गुनासो छ । सरकारले अत्यावश्यक सेवाअन्तर्गत दुग्ध पदार्थको ढुवानीमा रोक नलगाएको भए पनि होटल, रेस्टुराँ, स्कूल, कलेजहरू बन्द हुँदा यसको खपत घटेको हो ।
ठूला उद्योगले दूध खरीद गर्न नसक्दा यसको बढी मारमा दुग्ध किसान परेका छन् । दूध विक्री नहुँदा किसानले वस्तुभाउलाई नै खुवाउने र खोलामा बगाउने समेत गर्न थालेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x