Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

प्रभु बैंकद्वारा नारायण नगरपालिकामा खाद्यान्न सहयोग

प्रभु बैंकद्वारा नारायण नगरपालिकामा खाद्यान्न सहयोग

दैलेख, २८ चैत । प्रभु बैंक लिमिटेट शाखा कार्यालय, दैलेखले नारायण नगरपालिकामार्फत वितरण हुने गरी खाद्यान्न सामग्री सहयोग गरेको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका गरिएको लकडाउनका कारण प्रभावित विपन्न परिवारका लागि प्रभु बैंकले खाद्यान्न प्रदान गरेको हो ।
बैंकका शाखा प्रबन्धक उमेश प्याकुरेलले बिहीवार प्रदेश सांसद अम्मरबहादुर थापाको उपस्थितिमा नगरपालिका नगर प्रमुख रत्नबहादुर खड्का, उपप्रमुख सावित्री मल्ल र प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीलाई संयुक्त रूपमा खाद्यान्न सामग्री हस्तान्तरण गरेका हुन् । प्याकुरेका अनुसार चामल २५ केजीका दरले ६५ बोरा, १३० केजी दाल, नून ६५ प्याकेट, क्वारेन्टाइन निर्माणका लागि ५ वटा बेड प्रदान गरिएको छ । नगर उपप्रमुख सावित्री मल्लले विपत्को घडीमा बैंकले प्रभावित जनतालाई नगरपालिकामार्फत गरेको सहयोग निकै महत्वपूर्ण भएको बताइन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x