Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

प्राथमिकताका आधारमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

प्राथमिकताका आधारमा उद्योग सञ्चालन गर्ने सरकारको तयारी

काठमाडौं, ३० चैत । सरकारले उद्योगहरू प्राथमिकताका आधारमा क्रमशः सुचारु गर्ने भएको छ । अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउन शुरूमा उत्पादनमूलक र त्यसपछि अन्य उद्योग सञ्चालन गर्ने तयारी सरकारले गरेको छ ।
दैनिक उपभोग्य वस्तु उत्पादन गर्ने उद्योग अहिले पनि सञ्चालन भइरहेको भन्दै उद्योग, वाणज्य तथा आपूर्ति मन्त्रालयले दोस्रो चरणमा कोरोना प्रकोपको समग्र परिस्थिति अनुसार विकास निर्माणका लागि आवश्यक कच्चापदार्थ उत्पादन गर्ने उद्योग र अन्य उद्योग सुचारु गर्ने तयारी गरेको हो ।
कामदारको स्वास्थ्य सुरक्षा, कच्चापदार्थको उपलब्धता र उत्पादित सामग्रीको आपूर्तिका लागि सहजीकरण गरिने मन्त्रालयले बताएको छ । यस सम्बन्धमा ट्रेड युनियनका पदाधिकारीसँग छलफल गरी श्रमिकको स्वास्थ्य सुरक्षाको प्रत्याभूतिबारे आश्वस्त गराई काममा जाने वातावरण बनाइने मन्त्रालयका वाणिज्य सचिव वैकुण्ठ अर्यालको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघले अहिले पनि उद्योगीले उत्पादनमूलक उद्योग सञ्चालन गरिरहेको र अब अन्य उद्योग सञ्चालन गर्दा कच्चापदार्थको आपूर्तिमा सहजता र श्रमिकको सुरक्षालई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएको छ । उद्योगी, व्यवसायी सरकारलाई सहयोग गर्न सधैं तयार रहेको महासंघको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x