Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

भारतले थप १३ देशलाई कोरोना विरुद्ध लड्ने स्वास्थ्य सामाग्री सहयोग गर्ने

भारतले थप १३ देशलाई कोरोना विरुद्ध लड्ने स्वास्थ्य सामाग्री सहयोग गर्ने

काठमाडौं, २९ चैत । भारत सरकारले कोभिड-१९ विरुद्ब लड्न नेपालसहित १३ देशलाई स्वास्थ्य सामग्री सहयोग गर्ने भएको छ। छिमेकी राष्ट्र नेपालसहित १३ देशलाई कोरोनाविरुद्ध प्रभावकारी मानिएको ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाउन लागेको हो। भारतले कोरोनाका बिरामीका लागि अहिलेसम्मकै प्रभावकारी ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ र पारा सिटामोल २५ देशलाई पठाउने यसअघि नै घोषणा गरिसकेको छ।

शुक्रबार मात्रै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच भएको सम्वादपछि भारतले यो औषधि नेपालमा पठाउने प्रक्रिया आजै टुंग्याएको छ। दुवै नेताबीच संवाद भएपछि भारतले नेपालसहित १३ देशमा ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’सहितको सहायता सामग्री पठाएको छ। जस अनुसार भारतले छिमेकीहरुमध्ये ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाइएका देशमा नेपाल, भुटान, अफगानिस्तान, माल्दिभ्स र बंगलादेश रहेका छन्।

भारतले कोरोनासँग जुधिरहेका स्पेन र जर्मनीमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’पठाएको छ। बहराइन, ब्राजिल र डोमिनिकन रिपब्लिकमा पनि ‘हाइड्रोअक्सिक्लोरोक्विन सल्फेट ट्याबलेट’ सहितको सहयता सामग्रीको पहिलो खेप पठाइएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीबीच शुक्रबार कुरा भएलगत्तै भारतले स्वास्थ्य सामग्रीको पहिलो खेप नेपालतर्फ पठाउन लागेको हो।

यसै विषयलाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र नेपालका प्रधानमन्त्री केपी ओलीबीच वार्ता भएको थियो। दुवै प्रधानमन्त्रीले कोरोना नियन्त्रणको वर्तमान अवस्थाबारेमा छलफल गरेका थिए। कोभिड-१९ विरुद्ब लड्न दुवै देश मिलेर हरसम्भव प्रयास गर्ने सहमति दुई नेताले गरेका थिए।
दुवै देशमा बन्दाबन्दी रहेको अवस्थामा दुवै देशका आ(आफ्नो देशमा रहेका नागरिकको सुरक्षा गर्ने सहमति दुवैबीच भएको थियो। नेपालमा रहेका भारतीय नागरिकको नेपाल सरकारले ख्याल गर्ने र भारतमा रहेका नेपाली नागरिकको स्वास्थ्यको हेरचाह भारतले गर्ने सहमति भएको छ। सार्कस्तरीय भिडियो कन्फ्रेन्सले पनि सबै मुलुकलाई कोभिड-१९ विरुद्ध लड्नका लागि बल मिलेको थियो। मोदीले यसमा सन्तुष्टि जनाएका छन्।

ओलीले शुक्रबार कोरोना भाइरसका कारण ज्यान गुमाएका भारतीय जनताप्रति समवेदना प्रकट गरेका थिए। त्यसैगरी भारतीय प्रधानमन्त्रीले कोभिड-१९ विरुद्ब लडिरहेको नेपाली जनताको प्रशंसा गरेका थिए। दुई देशबीच विद्यमान बहुआयामिक सम्बन्धलाई अझ जोड दिने र दुवै राष्ट्रको लागि फाइदा हुने कुरामा सम्बन्धलाई अझ मजबुत बनाएर लाने गरि सहमति भएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x