Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

एनसेलले सरकारलाई बुझायो १४ अर्ब ३३ करोड

एनसेलले सरकारलाई बुझायो १४ अर्ब ३३ करोड

काठमाडौं, ३० चैत । टेलिकम सेवा प्रदायक एनसेलले पूँजीगत लाभकरबापत् सरकारलाई १४ अर्ब ३३ करोड रुपैयाँ बुझाएको छ । ठूला करदाता कार्यालयका अनुसार एनसेलले सरकारी खातामा १४ अर्ब ३३ करोड ५६ लाख ५२ हजार ५ सय ४६ रुपैयाँ बुझाएको हो।

ठूला करदाता कार्यालयले एनसेलले पूँजीगत लाभकर बापत् साढे २३ अर्ब रुपैयाँ बुझाउनुपर्ने गरी कर निर्धारण गरेको थियो। एनसेलले तीन किस्ता गरी कर चुक्ता गरेको छ । पछिल्लो पटक निर्धारण गरिएको कर अनुसार एनसेलले बुझाउनुपर्ने रकम साँवा २२ अर्ब ४४ करोड मात्रै हो । तर तोकिएको समयमा कर नबुझाउँदा व्याज र जरिवानासहित २३ अर्ब ३४ करोड रुपैयाँ कर निर्धारण गरिएको थियो ।

समयमै कर नबुझाएबापत् एनसेललाई ९९ करोड रुपैयाँ जरिवाना लागेको ठूला करदाता कार्यालयले जनाएको छ । कर विवाद सुरु भएपछि उसले साढे २३ अर्ब रुपैयाँ पहिल्यै बुझाइसकेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x