Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

कोरोना रोकथाम कोषका लागि छुट्याइएको रकम राष्ट्र बैंकको खातामा सार्न निर्देशन

कोरोना रोकथाम कोषका लागि छुट्याइएको रकम राष्ट्र बैंकको खातामा सार्न निर्देशन

काठमाडौ, १ वैशाख । कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा छुट्ट्याइएको रकम नेपाल राष्ट्र बैंकमा खोलिएको खातामा राख्न राष्ट्र बैंकले वाणिज्य बैंकलाई निर्देशन दिएको छ । केन्द्रीय बैंकको खाता नं १२००२०१\००२.५११.५२४ मा वाणिज्य बैंकहरूलाई रकम जम्मा गर्न आइतवार परिपत्र जारी गर्दै निर्देशन दिइएको हो ।
महालेखा नियन्त्रक कार्यालयको पत्रअनुसार सरकारको उद्धार तथा राहत कोष खाता समूह अन्तर्गत खाता खोलिएको केन्द्रीय बैंकले बताएको छ । यसअघि सम्बन्धित बैंकहरूले यस्तो खाता आफ्नै बैंकमा खोले पनि अब भने सो खाता यसै कोष समूह अन्तर्गत रहने व्यवस्था छ । हालसम्म बैंकहरूले आर्थिक सहयोग आफ्नै बैंक खातामा जम्मा गरेको र आगामी दिनमा यस्तो रकम तत्कालै भुक्तानी गर्ने प्रणाली (आरटीजीएस)मार्फत केन्द्रीय बैंकको खातामा जम्मा गर्न भनेकोे छ । आर्थिक सहयोगका रकम छुट्ट्याएको भोलिपल्ट १२ बजेभित्र आरटीजीएस प्रणालीमार्फत रकम ट्रान्सफर गर्नुपर्नेछ ।
हालसम्म वाणिज्य बैंकअन्तर्गत २२ ओटा बैंकले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अन्तर्गत गठित कोष लगायत अन्य प्रादेशिक सरकारका कोषहरूमा आर्थिक सहयोग गरेको नेपाल बैंकर्स संघले जानकारी दिएको छ । संघका अनुसार हालसम्म सो संख्याका वाणिज्य बैंकले २५ करोड ४ लाख रुपैयाँ सहयोग गरिसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x