पोखराको राहत कोषमा विन्ध्यवासिनी धार्मिक समितिको ५ लाख सहयोग

कास्की, ३० चैत । विध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले पोखरा महानगरपालिकाले स्थापना गरेको राहत कोषमा ५ लाख सहयोग गरेकोछ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिका उपाध्यक्ष पवित्र रेग्मी, सदस्य सचिव तीर्थ श्रेष्ठ र कोषाध्यक्ष सूर्यप्रसाद सुवेदीले आइतवार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीलाई ५ लाखको चेक हस्तान्तरण गरेका छन् ।
अहिलेसम्म पोखरा महानगरपालिकाको राहत कोषमा विभिन्न व्यक्ति र संस्थाले २५ लाख ८२ हजार ७ सय रुपैयाँ सहयोग गरेको महानगरका सूचना अधिकारी भरतराज पौडेलले बताए । लकडाउनका कारण अति विपन्न र दैनिक ज्यालादारी गर्ने मजदूर लगायत जोखिममा परेका व्यक्तिलाई राहत उपलब्ध गराउन महानगरले स्थापना गरेको कोषमा समितिले सहयोग गरेको हो । पोखरा महानगरपालिकाको विपद् व्यवस्थापन कोष राष्ट्रिय वाणिज्य बैंक पृथ्वीचोकस्थित खाता नम्बर ३०२०३०५०४९४०६ मा रकम जम्मा गर्न सकिनेछ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *