Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउन ७ देखि १० दिन थपिने

लकडाउन ७ देखि १० दिन थपिने

काठमाडौं, २ वैशाख । सरकारले लकडाउन ७ देखि १० दिन थप्ने भएको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको सिफारिशमा आज बस्ने मन्त्रिपरिषद् बैठकले लकडाउन थप्ने सम्बन्धमा निर्णय लिने एक मन्त्रीले बताए । पछिल्लो समय मुलुकभर कोरोना संक्रमित वृद्धि भइरहेका छन् । अहिलेसम्म १४ जना कोरोना संक्रमित पुष्टी भएका छन् भने सुदुरपश्चिम प्रदेशमा मात्रै कोरोना संक्रमितको संख्या ५ पुगेको छ । त्यी मध्ये पहिलो बिरामीमात्र निको भएका छन् भने अन्यको उपचार भइरहेको छ ।

प्रदेश २ को वीरगन्जमा तीन भारतीय सहित रौतहटका १ युवामा समेत कोरोना संक्रमण देखिएपछि संक्रमितको संख्या ४ पुगेको छ । गण्डकी प्रदेशको बाग्लुङमा मात्र तीन जना कोरोना संक्रमित फेला परेका छन् । एक जना धादिङका युवा र मैतीदेवीकी एक युवती गरी प्रदेश ३ मा दुई संक्रमित पुष्टी भएका छन् ।

काठमाडौंको सनसिटी अपार्टमेन्टमा लण्डनबाट फर्केर बसोबास गरिरहेका एकै परिवारका तीन जनामा कोरोनाको आशंकामा पाटन अस्पताल लगिएको छ । मुलुकभित्रै अहिलेसम्म एकजनमा कोरोना सरेकाले उच्च सतर्कता अपनाइएको छ । भारत, लण्डन, फ्रान्स, बेल्जियम लगायतका देशबाट फर्केकाहरुमा कोरोना संक्रमण देखिएको छ । यही परिस्थितिलाई मध्यजनर गरी सरकारले लकडाउन ७ देखि १० दिन लम्ब्याउने भएको हो । चैत ११ गतेबाट शुरु भएको लकडाउन शुरुमा एक साताको लागि घोषणा गरिएको थियो ।

शुरुमा १८ गतेसम्मका लागि भनिएको लकडाउन भारतमा संक्रमण बढेको ख्याल गर्दै पुनः १८ गतेदेखि ८ दिन थपेर २५ गतेसम्म पुर्याइएको थियो । अहिले २५ गतेदेखि वैशाख ३ सम्म लकडाउन कायम छ । आज बस्ने मन्त्रिपषिद्ले ७ देखि १० दिन लकडाउन गरेपछि नेपालमा पुरै एक महिना लकडाउनमा रहनेछ । अन्तरप्रदेश आवतजावतमा कडाइँ, स्थानीय निकायमा वडा–वडामा कन्ट्याक्ट ट्रेसिङ गरेर आशंका रहेकालाई जाँच गर्न सरकारले प्रोत्साही गरिरहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x