Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

अनलाइनमार्फत सामान खरिद गर्दा एनआईसी एशिया बैंकद्वारा छूट

अनलाइनमार्फत सामान खरिद गर्दा एनआईसी एशिया बैंकद्वारा छूट

काठमाडौं, २ वैशाख । एनआईसी एशिया बैंकले अनलाइनमार्फत् सामान खरिद गर्दा १० प्रतिशत छूट दिने बताएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई नेपालका विभिन्न अनलाइन डेलिभरीका माध्यमहरूबाट सामान खरिद गर्दा लकडाउन अवधिभर खरिद रकमको १० प्रतिशत वा अधिकतम ५ सय रुपैयाँसम्म छूट दिने भयो ।

दराज अनलाइनमा रहेको बिग मार्टका साथै सेल्सबेरि, मेरो किरान तथा सेन्ट्रल बजारमार्फत् उपलब्ध हुने दैनिक खाद्य सामग्रीहरू खरिद गर्दा खरिद रकमकोको आधारमा छूट दिने बैंकले जनाए छ । बैंकले ती चार ओटा अनलाइन डेलिभरीका माध्यमहरूबीच समझदारी भएको र सोही अनुसार बैंकको मोबाइल बैंकिङ्ग तथा डेबिट÷क्रेडिट कार्ड प्रयोग गरी रकम भुक्तानी गर्दा ग्राहकहरूले उक्त मात्रामा छुट प्राप्त गर्न सक्ने पनि बताएको छ ।

लकडाउनको समयमा ग्राहकहरूलाई घरमै बसी उपभोग्य सामग्रीहरू प्राप्त गराउने उद्धेष्यले बैंकले मोबाइल बैंकिङ्ग तथा कार्डबाट खरिद रकम भुक्तानी गर्दा सेवाशुल्क नलाग्ने समेत बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x