Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

कोरोना रोकथाम कोषमा प्रभु बैंकका सीईओ शेरचनको १ लाख सहयोग

कोरोना रोकथाम कोषमा प्रभु बैंकका सीईओ शेरचनको १ लाख सहयोग

बागलुङ, ४ वैशाख । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचनले बागलुङको काठेखोला गाउँपालिकाले स्थापना गरेको कोरोना भाइरस रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गरेका छन् । कोरोना भाइरस रोकथामको लागि स्वास्थ्य सामाग्री खरिद, विपन्न परिवारहरुलाई राहत वितरण गर्नको लागि गाउँपालिकाले स्थापना गरेको उक्त कोषमा बैंकका सीईओ शेरचनले १ लाख रुपैयाँ सहयोग गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमबहादुर विश्वकर्माले जानकारी दिए ।
गाउँपालिकाले १० लाख रुपैयाँ राखेर स्थापना गरेको उक्त कोषमा प्रदेश सरकारले ५ लाख सहित विदेशमा रहेका नेपाली र गाउँपालिका भित्रका संघसंस्था, व्यक्तिहरुले सहयोग गरिरहेका छन् । हालसम्म २५ लाख बढि रकम संकलन भइसकेको गाउँपालिकाले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x