Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

सुदूरपश्चिम प्रदेश राहत कोषमा एसबिआई बैंकको ५ लाख सहयोग

सुदूरपश्चिम प्रदेश राहत कोषमा एसबिआई बैंकको ५ लाख सहयोग

धनगढी, ६ वैशाख । नेपाल एसबिआई बैंक लिमिटेड धनगढी शाखाले सुदूरपश्चिम प्रदेश सरकारलाई ५ लाख रूपैयाँ सहयोग गरेको छ । सुदूरपश्चिम प्रदेश सरकारले स्थापना गरेको कोरोना महामारी रोकथाम तथा नियन्त्रण कोषमा बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त रकम बराबरको सहयोग गरेको बैंकका धनगढी शाखा प्रबन्धक तेजबहादुर थापाले बताए ।
कोरोना रोकथाममा सहयोग पुगोस् भन्ने उद्देश्यले सो रकम बराबरको चेक मुख्यमन्त्री त्रिलोचन भट्टलाई हस्तान्तरण गरिएको शाखा प्रबन्धक थापाले बताए । बैंकले यसअघि धनगढी उपमहानगरपालिकालाई पनि ५१ हजार मूल्य बराबरको विभिन्न राहत सामग्री वितरण गरिसकेको प्रबन्धक थापाले जानकारी गराए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x