Date

आइत, मंसिर २८, २०८२
Sun, December 14, 2025

कर्णालीमा युवा स्वरोजगार व्यावसायिक परियोजना तयार

कर्णालीमा युवा स्वरोजगार व्यावसायिक परियोजना तयार

सुर्खेत, ६ वैशाख । कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले प्रदेश २९ हजार युवालाई स्वरोजगार दिने अग्र्यानिक कृषि व्यावसायिक परियोजना तयार गरेको छ । आगामी आव २०७७÷७८ देखि युवा केन्द्रित हुनेगरी कृषि मन्त्रालयले ‘अग्र्यानिक कृषि व्यावसायिक स्वरोजगार परियोजना’ बनाएको हो ।
मन्त्रालयले कर्णाली प्रदेशका १० जिल्लाका ७९ स्थानीय तहका ७१८ वडापालिकाका २८ हजार ७२० युवा स्वरोजगार हुनेगरी अग्र्यानिक कृषि व्यावसायिक परियोजना बनाएको कर्णाली प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिइन् । यसका लागि सङ्घीय सरकारसँग रू. ६ अर्ब ४६ करोडको प्रस्ताव गरिएको उनको भनाइ छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *