Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

३५ अर्ब रुपैयाँको विकास ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले ३५ अर्ब रुपैयाँको “विकास ऋणपत्र २०८० ‘घ’” निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले उक्त ऋणपत्र वैशाख ७ गते बोलकबोल गरी ८ गते बिक्री गर्ने भएको हो । ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले वैशाख ७ गते (भोली) अपरान्ह ३ बजेसम्म नेपाल राष्ट्र बैंकको वेवसाइटको अनलाइन विल्डिङ सिस्टम सफ्वयरमार्फत् बोलकबोल पेश गर्नुपर्ने छ ।

यो ऋणपत्रको व्याजदर बोलकबोलको माध्यमबाट निधारण हुने राष्ट्र बैंकले जनाएको छ । त्यस्तै ऋणपत्रको साँवा भुक्तानी निष्कासनकै दिन गर्नुपर्नेछ । ऋणपत्रको व्याज भुक्तानी अर्धवार्षिक रुपमा हुने छ भने आर्जित ब्याजमा ब्याजकर लाग्ने छ । ऋणपत्र खरिद कर्ताले घटिमा ५० हजार रुपैयाँ र बढीमा कुल निष्कासित रकमको सीमामा नबढाई ५० हजारले भाग गर्दा निःशेष भाग जाने अंक खरिद गर्न पाउने छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x