Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

लकडाउनका कारण ७० लाख केजी हरियो चियापत्ती नोक्सान

लकडाउनका कारण ७० लाख केजी हरियो चियापत्ती नोक्सान

झापा, ६ वैशाख । लकडाउनका कारण झापासहित पूर्वी पहाडी जिल्लामा उत्पादित करीब ७० लाख केजी हरियो चियापत्ती खेर गएको छ । चियाको पहिलो फसल टिप्ने बेलामा सरकारले लकडान घोषणा गरेपछि झापाका विभिन्न बगानमा मात्रै ६० लाख केजी बराबरको चियापत्ती खेर गरेको राष्ट्रिय चिया तथा कफी विकास बोर्डका चिया अधिकृत इन्द्रप्रसाद अधिकारीले बताएको राससमा उल्लेख छ ।
यस्तै इलाम, पाँचथर, धनकुटालगायत पहाडी जिल्लामा समेत १० लाख केजी हरियो चियापत्ति नोक्सान भएको चिया अधिकृत अधिकारीको भनाइ छ । प्रतिकेजी २० रुपैयाँका दरले हिसाब गर्दा पनि झापका किसानको १२ करोड बराबरको चिया क्षति भएको उनको भनाइ छ । झापामा १२ हजार हेक्टरमा चिया खेती हुँदै आएको छ ।
साना किसान चिया व्यवसायी संघ झापाका अध्यक्ष पूर्ण कार्कीले लकडाउनका कारण पाकेको बाली भिœयाउने अवस्था नभएको बताएका छन् । यस्तै चिया उत्पादक संघका अनुसार यस वर्षको पहिलो फसलको चियापत्ती ९० प्रतिशत नोक्सान भएको छ । जिल्ला प्रशासन कार्यालय झापाको रोहवारमा चिया उत्पादक संघ र चिया मजदुर प्रतिनिधिबीच आइतवारदेखि बगान र कारखाना सञ्चालन गर्ने सहमति बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x