Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

लामो प्रतीक्षापछि बन्ने भो गौशाला–चाबहिल सडक, कोरोना कहरमा टल्किँदैछन् सडक

लामो प्रतीक्षापछि बन्ने भो गौशाला–चाबहिल सडक, कोरोना कहरमा टल्किँदैछन् सडक

काठमाडौं, ७ वैशाख । कोराना महामारीले उद्योग, व्यवसाय र आवागमन बन्द भएको मौकामा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले धमाधम सडक निर्माण, विस्तार र सुधारका काम गरिरहेको छ । लामो प्रतीक्षापछि गौशला–चाबहिल सडक बन्ने भएको छ । यो सडक खण्डको ठेक्का कालिका कन्सट्रक्सन र वद्धांशी जेभीले पाएका छन् । यो संयुक्त ठेक्कामा द्रुत निर्माण गरिन लागेको हो । सवारी आवागमन नभएकाले सडक निर्माणको काम दुई सातामा सम्पन्न गर्ने लक्ष्य छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सडक निर्माण अघि बढाउन शुक्रबार स्वीकृति दिएको छ । यससँगै गौशाला(चाबहिल(चुच्चेपाटी सडक मर्मतको काम अघि बढ्ने भएको छ।
सडक विभागका महानिर्देशक केशवकुमार शर्माका अनुसार, आजदेखि काम शुरु भएको हो । १५ दिनमै पुरै सडक तयार पार्ने लक्ष्य लिएको छ। शर्माका अनुसार बैशाखभित्रै यो सडक तयार हुनेछ। भौतिक पूर्वाधार मन्त्री वसन्तकुमार नेम्बाङले गौशाला-चाबहिलसहित सडक र पुल आयोजनाहरु बनाउन उपप्रधानमन्त्री नेतृत्वको कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धि उच्चस्तरीय बैठकमा प्रस्ताव लगेका थिए। लामो समयदेखि यो सडक खण्ड निर्माण नहुँदा सवारी आवागमन प्रभावित हुँदै आएको थियो । यस रुटमा यात्रा गर्नेहरु कष्टकर यात्रा गर्न बाध्य थिए भने वरपरका बासिन्दा धुलोले समस्यामा थिए । ढिलै भएपनि यो सडक मात्र बनेपछि काठमाडौंको प्रमुख रुटको सवारी आवागन सहज हुनेछ । चक्रपथको खण्ड समेत भएकाले यो रुटमा धेरै सवारी साधन चल्ने गर्छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x