Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौंमा हुने

दक्षिण एसियाली लेखा व्यवसायीहरूको सम्मेलन काठमाडौंमा हुने

काठमाडौं , १५ माघ । नेपाल चार्टर एकाउन्टेन संस्था (आइक्यान) ले दक्षिण एसियाली लेखा व्यवसायीहरूको महासंघ (साफा) सम्मेलन आगामी माग १६ गतेदेखि काठमाडौंमा गर्ने भएको छ। सार्क देशहरूमा प्रत्येक वर्ष गरिने यो सम्मेलन यो वर्ष नेपालमा गर्न थालेको हो।
यसअघि गत अगस्ट महिनामा समेत साफाको बैठक नेपालले बोलाएको थियो।

त्यो समयमा साफाको चेयर अफगानसँग थियो तर अफगानले अनइच्छा देखाएको कारण नेपालले बैठक आह्वान गरेको थियो । सन् २०१८ को लागि साफा अध्यक्ष नेपालसँग छ। वार्षिक बैठकको अवसरमा आयोजना गरिने उक्त सम्मेलनमा सार्क क्षेत्रका लेखा, सुशासन तथा चार्टर्ड एकाउन्टेन्सी शिक्षासम्वन्धी मापदण्ड तथा सार्क राष्ट्रहरूमा सहकार्य कसरी गर्ने भन्ने विषयमा छलफल र निर्णयहरू गरिने जनाइएको छ।

साफाका विभिन्न समितिहरू मध्ये कम्तीमा ७ वटा समितिहरूको बैठक बस्ने, सातै देशको प्रतिनिधीहरूको सहभागित रहने जनाइएको छ। सम्मेलनको पहिलो दिन ९साफा क्वीज एण्ड एलोक्युसन कन्टेस्ट० आयोजना गरिने बताइएको छ। यो प्रतियोगितामा सदस्य राष्ट्रका व्यवसायिक व्यावसायिक लेखा सम्वद्ध निकाय तथा संस्थाका फाइनल तहमा अध्ययनरत बिद्यार्थीहरूको सहभागिता रहने छ। वित्तिय प्रतिवेदनमानहरूमा विद्यार्थीहरूको अभिरुचि अभिवृद्धि यो कार्यक्रको आयोजना गरिएको आइक्यानका अध्यक्ष प्रकाशजंग थापाले बताए। यस्तो कार्यक्रम नेपालले पहिलो पटक तथा सार्क क्षेत्रमा दोस्रो पटक आयोजना गर्न थालिएको आयोजकले जनाएको छ।

दोस्रो दिन ुसाफा इन्टरनेशनल सिएफओ कन्फेरेन्सु राखिएको छ। यस अन्तर्गत माग १७ गते सहभागीहरूबीच वित्तिय जोखिम व्यवस्थापन, पारदर्शिताका विषयमा छलफल गरिने कार्यक्रम रहेको छ। यो सम्मेलनमा साफा सदस्य राष्ट्रका १५ जना ख्यातीप्राप्त लेखा व्यावसायी तथा विशिष्ट व्यक्तित्वहरूबाट प्राविधिक पत्रहरू प्रस्तुत गरिने जनाइएको छ। सम्मेलनमा चार सय राष्ट्रिय तथा अन्तराष्ट्रिय व्यवसायीको सहभागित रहने आइक्यानले जनाएको छ।

दोस्रो दिननै आइक्यानले आफ्नो स्थापनाको एक्काइसौं बार्षिकोत्सवको कार्यक्रम राखेको छ। वार्षिक उत्सवको अवसरमा संस्थाको सातदोबाटो, ललितपुर स्थित केन्द्रीय कार्यालय अगाडी रहेको कनिबहाल सिंचाहिटी देखि चक्रपथ सम्मको बाटोको नामाकरण आइक्यान मार्ग गर्ने जनाएको छ। साफामा नेपाल सहित सार्क राष्ट्रका ३ लाख ७५ हजार लेखा व्यवसायीहरू रहेका छन्। सन् १९८४ मा स्थापना भएको साफामा प्रत्येक वर्ष अध्यक्ष परिवर्तन गर्ने प्रवधान रहेको छ। नेपालले सन् २०१० मा सोफाको अध्यक्षता गरेको थियो भने अहिले २०१८ को साफा अध्यक्ष पनि नेपाल रहेको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x