Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

सानीभेरी गाउँपालिकामा सन्राइज बैंकको शाखा

सानीभेरी गाउँपालिकामा सन्राइज बैंकको शाखा

काठमाडौं, १५ माघ । सन्राइज बैंक लिमिटेडले प्रदेश नं ५, रुकुम जिल्लाको सानीभेरी गाउँपालिका वडा नं. ९ मा नयाँ शाखा स्थापना गरी संचालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको आइतबारका दिन बैंकका नायब महाप्रबन्धक अपछ कुमार यादब र सानीभेरी गाउँपालिका अध्यक्ष नर बहादुर पुनले गरे ।

उक्त शाखा संचालनमा आएसँगै बैंकको शाखा संख्या ७६ वटा पुगेको छ । यसका साथै बैंकले हाल देशभर ९१ वटा एटिएम, ३ वटा एक्स्टेन्सन काउन्टर तथा विभिन्न स्थानहरुमा २० वटा शाखारहित बैंकिङ्ग सेवा मार्फत ग्राहकहरुलाई वित्तिय सेवाहरु प्रदान गर्दै आएको छ । सम्भावित क्षेत्रमा आफ्ना ग्राहकहरुलाई सेवा उपलब्ध गराउने अभिप्रायले चाँडै नै थप शाखाहरु संचालनमा ल्याउने बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x