Date

शुक्र, बैशाख १४, २०८१
Fri, April 26, 2024

चिनियाँ अर्थतन्त्र दशकौंपछि ६.८% ले खुम्चियो

चिनियाँ अर्थतन्त्र दशकौंपछि ६.८% ले खुम्चियो

काठमाडौं, ९ वैशाख । लगातारको तीव्र आर्थिक वृद्धिपछि चिनियाँ अर्थतन्त्र यस वर्ष झण्डै ७ प्रतिशतले खुम्चिएको अनुमान गरिएको छ । विश्व अर्थतन्त्रको वृद्धिदर भने ३ प्रतिशत ऋणात्मक हुने अन्तर्राष्ट्रिय मुद्रा कोष लगायतका संस्थाहरुले प्रक्षेपण गरेका छन् । चिनियाँ अर्थतन्त्रमा गत वर्ष २९ वर्ष यताकै कमजोर आर्थिक वृद्धि देखिएको थियो । गत वर्ष ६.१ प्रतिशतले वृद्धि भएको चिनियाँ अर्थतन्त्र यो वर्ष भने ६.८ प्रतिशतले संकुचन हुनेछ ।

कोरोना भाइरस महामारीले चिनियाँ अर्थतन्त्र सन् २०२० को पहिलो तीन महिना निकै खराब अवस्थाको सामना ग¥यो । आपूर्ति शृंखलाको केन्द्रमा रहेको चीनबाट आपूर्ति बन्द हुँदा धेरै देशको आर्थिक विस्तारमा समस्या भएको छ । यद्यपि चीनले महामारी नियन्त्रणमा लिएकाले बाँकी अवधिमा केही आर्थिक विस्तार गर्ने अनुमान गरिएको छ । चीनको वित्तिय मन्त्रालयका अनुसार उत्पादनमा ९८ अर्ब डलरको क्षति भएको छ ।

जानकारहरुले अहिलेको विकराल अवस्थाले चिनियाँ अर्थतन्त्र सुधारका लागि बाटो खोलेको बताए । चिनले सन् १९९२ देखि त्रैमासिक जीडीपी प्रकाशन गर्न लागेको हो । यद्यपि सन् १९७६ मा माओत्से तुङको मृत्युले दशकको आर्थिक सामाजिक कोलाहालपछि सन् १९६७ मा अर्थतन्त्र १.६ प्रतिशतले खुम्चिएको बताइएको थियो ।

चीनको आर्थिक वृद्धिका प्रमुख तीन इन्जिनहरु उपभोक्ताले गर्ने खर्च, निर्यात र स्थिर सम्पत्ति र लगानी हुन् । यी तीनै क्षेत्रलाई जनवरीको अन्त्यतिरबाट सुरु भई फेब्रुअरीमा अन्त्य भएको लकडाउनका कारण सुनसान भएको थियो । पहिलो त्रैमासमा उपभोग खर्च १९ प्रतिशतले कमी आएको थियो भने निर्यात १३ प्रतिशत र स्थिर सम्पत्ति र लगानी १६ प्रतिशतले गिरावट आएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x