Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सर्वाधिक खराब, नेपालको २.८ प्रतिशतसम्म रहने

दक्षिण एशियाको आर्थिक वृद्धिदर ४० वर्षयताकै सर्वाधिक खराब,  नेपालको २.८ प्रतिशतसम्म रहने

काठमाडौं, १० वैशाख । विश्व बैंकले दक्षिण एशियाको आर्थिक वृद्धिदर विगत ४० वर्ष यताकै खराब स्थितिमा पुगेको बताएको छ । ‘कोरोना भाइरस (कोभिड–१९) को महामारीले दक्षिण एशियाली अर्थतन्त्र र नेपालमा पार्ने प्रभाव’ विषयमा नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले बुधवार आयोजना गरेको भिडियो संवादमा नेपालका लागि विश्व बैंकका देशीय प्रबन्धक फेरिसले यस्तो बताएका हुन् ।
महामारीभन्दा पहिला दक्षिण एशियाको आर्थिक वृद्धिदर ६.३ प्रतिशत रहने अपेक्षा गरिएको भन्दै उनले कोभिड–१९ का कारण यस क्षेत्रको वृद्धिदर सन् २०२० मा १.८ देखि २.८ प्रतिशतको बीचमा रहने बताए । आर्थिक वर्ष २०२१ मा पनि दक्षिण एशियाको वृद्धिदर ३.७ देखि ४.२ प्रतिशतको मध्यम स्तरमा रहने अपेक्षा गरिएको फेरिसको धारणा छ ।
यस्तै नेपाल दुई ठूला छिमेकीहरूको बीचमा अवस्थित भएको र ती छिमेकीहरूको समेत वृद्धिदरमा कमी आउने भएकाले नेपालको जीडीपी वृद्धिदरमा समेत त्यसको नकारात्मक प्रभाव पर्ने उनले औंल्याएका छन् । विश्व बैंकका अनुसार कोरोना भाइरस (कोभिड–१९) को कारण चालू आर्थिक वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को वृद्धिदर १.५ देखि २.८ प्रतिशतबीच रहने प्रक्षेपण गरिएको छ । आपूर्ति प्रणालीमा पर्ने प्रभावको कारण नेपालमा मुद्रास्फीतिदर ६ प्रतिशतभन्दा माथि रहने, वित्तीय घाटा र चालू घाटा दुवै विस्तारित हुने अनुमान गरिएको उनले बताएका छन् ।
फेरिसले विश्व बैंक नेपालमा महामारीको सामना गर्न र अर्थ व्यवस्थाको पुनर्बहालीका लागि सरकारसँग मिलेर काम गर्ने गरिरहेको भन्दै आगामी दिनमा पनि बिश्व बैकको सहयोग निरन्तर रहने बताए । उनले विश्व बैंकले आगामी वर्ष प्राथमिकताका आधारमा काम गर्ने समेत उनको भनाइ छ, जसअनुसार पहिलो प्राथमिकता तत्काल स्वास्थ्यका लागि चाल्नुपर्ने कदम, दोस्रो तत्काल सामाजिक सहयोग र रोजगारी, तेस्रो वस्तुको उत्पादन वितरणको सुनिश्चितता र चौथो समष्टिगत आर्थिक स्थायित्वको लागि काम गर्ने उनले बताए ।
विश्व बैंकले विद्यमान आफ्नो कुल लगानी (पोर्टफोलियो) परियोजनाहरूबाट पोर्टफोलियाको १८ प्रतिशत कोभिड–१९ को प्रतिक्रित्मक क्षेत्रमा केन्द्रित गरेको जानकारी दिँदै उनले हरेक देशले यसैगरी प्राथमिकता निर्धारण गर्न आवश्यक रहेको धारणा राखे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x