Date

आइत, बैशाख १६, २०८१
Sun, April 28, 2024

४५ पुगे कोरोना संक्रमित, ‘हटस्पट’ बन्यो उदयपुरको भुल्के गाउँ

४५ पुगे कोरोना संक्रमित, ‘हटस्पट’ बन्यो उदयपुरको भुल्के गाउँ

काठमाडौं, ११ वैशाख । नेपालमा थप ३ जनामा कोरोनाको संक्रमण देखिएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ४५ जना पुगेको छ।
आज थपिएका ३ जनाको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। उनीहरुको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
उदयपुरको क्वारेन्टाइनमा रहेका उनीहरुलाई विराटनगरस्थित कोशी अस्पतालमा ल्याइँदैछ। यसअघि उदयपुरका नै २४ जना कोशी अस्पतालमा उपचाररत छन्। यससहित उदयपुरमा मात्र कोरोना संक्रमितको संख्या २७ पुगेको छ।
प्रदेश १ सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले संक्रमण देखिएको स्थल भुल्के र संक्रमतिको गतिविधि भएको अरु ठाउँमा पूर्णरूपमा लकडाउन गर्ने निर्णय भइसकेको जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार भुल्के टोलमा ५२ घर छन् । ६ सय जति जनसंख्या छ । तीमध्ये नेपाली सेना र प्रदेश १ सरकारले ३ सय २० जनाको स्वाब संकलन गरिसकेको छ । ६९ जनाको विराटनगरस्थित कोशी अस्पतालमा स्वाब परीक्षण भएको छ । त्यसमा पोजेटिभ आएपछि मंगलबार धरानस्थित वीपी कोइराला स्वास्थ्य प्रतिष्ठानमा पुनःपरीक्षण गर्दा ८ जना र काठमाडौंमा गरिएको परीक्षणमा थप तीन जनामा कोरोना पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समीरकुमार अधिकारीले २ सय ६० जनाको काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएकोमा मंगलबार तीन जनामा पोजेटिभ देखिएको र थप २० जनाको नमुना परीक्षण भइरहेको जनाएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x