Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

पर्यटन उद्योगमा ५३.७६ अर्ब कर्जा, मासिक एक अर्ब कर्जा असुलीमा धक्का

पर्यटन उद्योगमा ५३.७६ अर्ब कर्जा, मासिक एक अर्ब कर्जा असुलीमा धक्का

काठमाडौं, १२ वैशाख । कोरोना भाइरसका कारण सबैभन्दा बढी प्रभावित पर्यटन उद्योगले बैंक तथा वित्तिय संस्थालाई बुझाउने मासिक झण्डै ९० करोड रुपैयाँ किस्ता भुक्तानी नहुँदा वित्तिय क्षेत्रको साँवा ब्याज असुलीमा दबाब परेको छ । फागुन महिनाको तथ्यांकमा आधारित रहेर पर्यटन बोर्डले गरेको सर्वेक्षण अनुसार नेपालको पर्यटन क्षेत्रमा कुल १ खर्ब १४ अर्ब रुपैयाँ लगानी छ । त्यो मध्ये झण्डै आधा लगानी बैंक तथा वित्तिय संस्थाबाट भएको देखिन्छ । बोर्डले ७८७ ओटा पर्यटन व्यवसायको सर्वेक्षण गरेको छ । एयरलाइन्स, होटल, पर्यटकीय सवारीसाधन, ट्राभल टुर्स, रेष्टुरा, ¥याफ्टिङ तथा अन्य पर्यटन व्यवसायको अध्ययन गरी बोर्डले पर्यटन क्षेत्रको पुनरुत्थानका लागि २० अर्बको राहत प्याकेज ल्याउनुपर्ने उल्लेख गरेको छ ।

पर्यटन बोर्डका अनुसार होटलमा सबैभन्दा बढी ७९ अर्ब ७८ करोड लगानी भएको छ । जसले बैंक्को २८ अर्ब ६८ करोड रुपैयाँ कर्जा उपभोग गरेको छ । यो क्षेत्रले बैंकलाई ४२ करोड ८५ लाख बैंकलाई किस्ता तिर्दै आएको छ । मासिक किस्ता तिर्दै आएको थियो । त्यस्तै, एयरलाइन्स क्षेत्रमा साढे २५ अर्ब लगानीमध्ये २१ अर्ब बैंकको ऋण परिचालन भएको देखिन्छ । यस क्षेत्रले २५ करोड १२ लाख मासिक किस्ता तिर्दै आएको छ ।

त्यस्तै ट्राभल र टुर्समा १ अर्ब ६१ करोड, पर्यटकीय सवारी साधनमा २ अर्ब ७७ करोड, ट्रेकिङ र पर्वतारोहणमा ७३ करोड, रेष्टुरामा २ अर्ब १३ करोड ८२ लाख लगानी भएको छ । रेष्टुराले मात्र ८७ करोड कर्जा उपभोग गरेको देखिन्छ । जसले ३ करोड १२ लाख मासिक किस्ता स्वरुप तिर्दै आएका थिए । चैतबाट लकडाउन शुरु भएपछि रष्टुराहरु समेत बन्द छन् । पर्यटकीय सवारीसाधन उपयोगविहीन भएका छन् । जसले बैंक तथा वित्तिय संस्थाको १ अर्ब २८ करोड ऋण उपभोग गरेका छन् र मासिक ७ करोड २२ लाख रुपैयाँ किस्ता तिर्ने गरेको पर्यटन बोर्डको सर्वेक्षणमा उल्लेख छ । सर्वेक्षणमा २३ एयरलाइन्स, २५६ होटल, ९५ सवारी साधन व्यवसायी १४४ ट्रेकिङ र पर्वतारोहण १४५ ट्राभल तथा टुर्स, ८६ रेष्टुरा, १२ ¥याफ्टीङ, २६ अन्य पर्यटन व्यवसाय सहभागी भएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x