Date

बिहि, बैशाख १३, २०८१
Thu, April 25, 2024

कोरोना परीक्षणको दायरा बढाउँदै सरकार

कोरोना परीक्षणको दायरा बढाउँदै सरकार

काठमाडौं, १२ वैशाख । सरकारले कोरोना भाइरसको जोखिम नियन्त्रणका लागि संक्रमणको सम्भाव्य क्षेत्रमा परीक्षणको दायरा अझै बढाउने भएको छ । कोभिड–१९ को जोखिमयुक्त क्षेत्रलाई बन्द (सिल) गरेर परीक्षण गर्ने नीति सरकारले लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बताएको छ ।
अहिले प्रदेश नं १ र २ मा जोखिम बढेकाले ती क्षेत्रका संक्रमित ठाउँ र अन्य संक्रमित ठाउँलाई सिल गरेर कोरोना भाइरसको परीक्षणको दायरा बढाउन थालिएको मन्त्रालयको भनाइ छ । उदयपुरमा त्रियुगा नगरपालिकाको भुल्केमा मन्त्रालयले परीक्षणको दायरा बढाउन विशेष अभियान समेत शुरू गरेको जानकारी दिएको छ ।
जोखिम ठाउँमा र विदेशबाट आएका सबैको पोलिमरेज चेन रियाक्सन (पिसिआर) मेसिनबाट परीक्षण गरिने मन्त्रालयले बताएको छ ।
उदयपुरमा सङ्क्रमित बढेपछि सरकारले सतर्कता अपनाएको छ । उदयपुरको त्रियुगानगरपालिकास्थित भुल्केमा रहेको मस्जिदमा सङ्क्रमित देखिएपछि परीक्षण बढाउन दुई टोली पठाइएको मन्त्रालयको भनाइ छ । टोलीले उदयपुरमा देखिएका सङ्क्रमित कुन ठाउँबाट आएका हुन्, को कोसँग भेट ती सबैको कन्ट्याक्ट ट्रेसिङ समेत गरेर परीक्षण गर्ने बताइएको छ ।
सरकारले कोरोनाको रोकथाम र नियन्त्रणका लागि उपत्यकामा ६ र उपत्यका बारिह १९ वटा हव अस्पतालमा स्थापना गरेको छ । मन्त्रालयका अनुसार अनुसार ती अस्पतालमा २० वटा सघन उपचार कक्ष र १०० वटा आइसोलेसन रहेका छन् । आवश्यक परेमा नजिकका अस्पताललाई पनि हव अस्पतालका रूपमा लिन सकिने व्यवस्था पनि गरिएको छ । सरकारले शङ्कास्पद बिरामीलाई पहिले आइसोलेसनमा राखेर मात्र उपचार गर्ने भएको छ । आइसोसेलनमा राखेपछि परीक्षण गरेर बिरामी भएका सघन उपचार कक्षमा राखिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x