Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

सामाजिक सुरक्षा कोषबाट आश्रित परिवार सुरक्षा दाबी भुक्तानी लिनेको संख्या ६

सामाजिक सुरक्षा कोषबाट आश्रित परिवार सुरक्षा दाबी भुक्तानी लिनेको संख्या ६

काठमाडौं, १२ वैशाख । नेपाल सरकारले शुरू गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कोषबाट हालसम्म आश्रित परिवार सुरक्षा दाबी भुक्तानी ६ परिवारले लिएका छन् । सामाजिक सुरक्षा कोषको २०७७ वैशाख १० गतेसम्मको तथ्यांकअनुसार ६ वटा परिवारले आश्रित परिवार सुरक्षा दाबी भुक्तानी लिएका हुन् ।
त्यस्तै सामान्य औषधि उपचार, स्वास्थ्य तथा मातृत्व दाबी भुक्तानी लिनेको संख्या ८९ पुगेको कोषले जनाएको छ । दुर्घटना तथा अशक्तता सुरक्षा दाबी भुक्तानी ७ जनालाई र उपदान दाबी भुक्तानी ७ जनालाई गरिएको कोषले बताएको छ ।
हालसम्म सामाजिक सुरक्षा कोषमा ७ वटै प्रदेशबाट १२ हजार ३३० रोजगारदाता आबद्ध भएका छन् भने १ लाख ५६ हजार ९४५ जना योगदानकर्ता (श्रमिक) आबद्ध भएका छन् । कोषमा सबैभन्दा बढी रोजगारदाता र योगदानकर्ता बागमती प्रदेशबाट आबद्ध भएका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशबाट आबद्ध भएका छन् । बागमती प्रदेशबाट ८ हजार २७८ रोजगारदाता र १ लाख १५ हजार ४९१ योगदानकर्ता कोषमा आवद्ध भएका छन् । त्यस्तै कर्णाली प्रदेशबाट १२३ रोजगारदाता र १७५ जना योगदानकर्ता आबद्ध भएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x