Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

वणिज्य बैंकहरुको नाफा दश प्रतिशतले बढ्यो

वणिज्य बैंकहरुको नाफा दश प्रतिशतले बढ्यो

काठमाडौं, १६ माघ । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वाणिज्य बैंकहरुको नाफा १०.३६ प्रतिशतले वृद्धि भई २३ अर्ब रुपैँया पुगेको छ । सञ्चालनमा रहेका २८ वाणिज्य बैंकहरुले प्रकाशित गरेको पुस मसान्तको वित्तिय विवरण अनुसार नाफाको अवस्था पहिलो त्रैमासको तुलनामा केही सुधार भएको हो । यद्यपि गत वर्ष पुस मसान्तमा २०७२—७३ को तुलनामा ४१ प्रतिशतले नाफा वृद्धि भएको थियो ।
बैंकहरुको पुँजी वृद्धिपछि निक्षेप संकलन न्यून भएपछि कर्जा लगानीमा संकुचन आएको छ भने निक्षेपको लागत महँगो हुँदा बैंकहरुको नाफा उल्लेख्य वृद्धि हुन नसकेको हो । चालु वर्षको ६ महिनामा सबैभन्दा बढी नाफा गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । नेपाल इन्भेष्टमेन्ट बैंकले एक अर्ब ८६ करोड रुपैँया खुद नाफा कमाएको छ । नबिल बैंकको एक अर्ब ८३ करोड, सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको एक अर्ब ७८ करोड, नेपाल बैंकले १ अर्ब ६३ करोड र एभरेष्ट बैंकको एक अर्ब १४ करोड नाफा आर्जन भएको छ ।
चालु आवको अर्धवार्षिक अवधिमा एक अर्ब बढी नाफा आर्जन गर्ने अन्य बैंकहरुमा स्टाण्डर्ड चार्टर्ड, हिमालयन बैंक, कृषि विकास बैंक र एनएमबी बैंक रहेका छन् । आठ बैंकको नाफा गत वर्षको तुलनामा घटेको छ ।

हेरौं बैंकहरुको पुस २०७४ खुद नाफाको स्थिति

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x