Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

पर्यटनमा आश्रित लाखौंको रोजगारी गुम्ने, छुट्टै राहत प्योकजका लागि सरकारसँग आग्रह

पर्यटनमा आश्रित लाखौंको रोजगारी गुम्ने, छुट्टै राहत प्योकजका लागि सरकारसँग आग्रह

काठमाडौं, १८ वैशाख । विश्वभर फैलिएको कोरोना भाइरसका कारण नेपालको पर्यटन क्षेत्रमा आश्रित लाखौंको रोजिरोटी गुम्ने भएको छ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत धनञ्जय रेग्मीका अनुसार कोरोनाको संकटले यो क्षेत्रमा काम गरेर जीविकोपार्जन गर्ने करीब २० लाखको रोजगारी रोजीरोटी गुम्नेछ ।
‘यो क्षेत्रमा संलग्न भएका श्रमिक र कर्मचारीको यकिन तथ्याङ्क संकलन गर्न त १ वर्ष लाग्छ,’ उनले भने, ‘तर, पर्यटन व्यवसाय गरेर करीब २० लाखले जिविकोपार्जन गरेको अनुमान छ ।’ त्यस्तै होटल एशोसिएशन अफ नेपाल (हान)की अध्यक्ष सृजना राणले होटल व्यवसायमा काम गर्ने हजारौंको रोजगारी गुम्ने बताइन् । यस क्षेत्रमा आबद्ध जनशक्तिलाई लकडाउन अवधिको नै तलब दिन नसक्ने अवस्था आएको उनको भनाइ छ । ‘अहिले होटल व्यवसायीलाई कर्मचारीलाई तलब कसरी खुवाउने भन्ने चिन्ता बढेको छ,’ राणाले भनिन्, ‘करोडांै रुपैयाँ ऋण लिएर होटल व्यवसाय गर्नेहरू ठूलो मारमा परेकोले यसमा सरकारले हेरिदिनुपर्छ ।’ आफ्ना समस्याबारे संघले सम्बन्धित निकायमा कुरा राखिसकेको उनले बताइन् ।
पर्यटन क्षेत्रमा अबको एक वर्षसम्म बाह्य पर्यटकको कुनै गतिविधि नहुने र पर्यटन क्षेत्रमा काम गर्नेहरूले ठूलो घाटा व्यहोर्नुपर्ने ट्रेकिङ एजेन्सिज एशोसिएशन नेपाल (टान)का अध्यष खुमबहादुर सुवेदीले जानकारी दिए । उनले भने, ‘यो क्षेत्रमा काम गर्ने कर्मचारी र व्यवसायीलाई ठूलो समस्या परेको छ ।’ अबको केही वर्षसम्म पर्यटन क्षेत्रलाई आर्थिक संकट पर्ने उनको भनाइ छ । यसको समाधान गर्नका लागि सरकारले छुट्टै राहत प्याकेजको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x