Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निर्माण सामग्रीको अभाव खेप्दै विकास आयोजना

निर्माण सामग्रीको अभाव खेप्दै विकास आयोजना

काठमाडौं, १८ वैशाख । लकडाउन लम्बिँदै जाँदा विकासका ठूला आयोजनमा निर्माण सामग्रीको अभाव देखिन थालेको छ । यसअघि भएका स्टक सामग्रीबाट लकडाउनका बेला पनि काम अघि बढाइए पनि यस्ता निर्माण सामग्री सकिन थालेपछि काम प्रभावित भएको सम्बन्धित आयोजनाहरूले बताएका छन् ।
काठमाडौं उपत्यकाभित्र सडक विस्तार र कालोपत्र गर्ने कार्य नै ठप्प भएको छ भने उपकरण तथा सिमेन्ट चीनको केरुङ नाका र भारतको कोलकाता बन्दरगाहबाट ल्याउन नसक्दा राजधानीबाहिर निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थलको काममा पनि असहजता देखिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार क्रशर, सिमेन्ट र छड उद्योगहरू बन्द हुँदा निर्माण शुरू गरिएका साना तथा ठूला आयोजनाहरूमा आवश्यक कच्चा पदार्थ तथा निर्माण सामग्रीको अभाव हुन थालेको छ । महासंघले पुल निर्माणको कामलाई मात्रै निरन्तरता दिने भने पनि अहिले निर्माण व्यवसायीहरू र सरकारी निकायहरूले पासको व्यवस्था गरिदिँदा अन्य पूर्वाधारको काम पनि शुरू गरिएका छन् । जिल्ला जिल्लाबीच समन्वय नहुँदा निर्माण सामग्री आपूर्तिमा समस्या भएको सडक विभागको भनाइ छ ।;fdu|Lकाठमाडौं, १८ वैशाख । लकडाउन लम्बिँदै जाँदा विकासका ठूला आयोजनमा निर्माण सामग्रीको अभाव देखिन थालेको छ । यसअघि भएका स्टक सामग्रीबाट लकडाउनका बेला पनि काम अघि बढाइए पनि यस्ता निर्माण सकिन थालेपछि काम प्रभावित भएको सम्बन्धित आयोजनाहरूले बताएका छन् ।
काठमाडौं उपत्यकाभित्र सडक विस्तार र कालोपत्र गर्ने कार्य नै ठप्प भएको छ भने उपकरण तथा सिमेन्ट चीनको केरुङ नाका र भारतको कोलकाता बन्दरगाहबाट ल्याउन नसक्दा राजधानीबाहिर निर्माणाधीन दुई अन्तरराष्ट्रिय विमानस्थलको काममा पनि असहजता देखिएको छ ।
नेपाल निर्माण व्यवसायी महासंघका अनुसार क्रशर, सिमेन्ट र छड उद्योगहरू बन्द हुँदा निर्माण शुरू गरिएका साना तथा ठूला आयोजनाहरूमा आवश्यक कच्चा पदार्थ तथा निर्माण सामग्रीको अभाव हुन थालेको छ । महासंघले पुल निर्माणको कामलाई मात्रै निरन्तरता दिने भने पनि अहिले निर्माण व्यवसायीहरू र सरकारी निकायहरूले पासको व्यवस्था गरिदिँदा अन्य पूर्वाधारको काम पनि शुरू गरिएका छन् । जिल्ला जिल्लाबीच समन्वय नहुँदा निर्माण सामग्री आपूर्तिमा समस्या भएको सडक विभागको भनाइ छ ।

विभाग अन्तर्गतको पुल महाशाखाले ७० भन्दा बढी पुलको काम अघि बढाउने तयारी भए सागम्री उपलब्ध नहुँदा समस्या भएको बताएको छ । लकडाउनका बीच काठमाडौं उपत्यकामा पनि सडक विस्तार र कालोपत्रको कामलाई निरन्तरता दिएको भए पनि निर्माण सामग्रीकै अभावमा अहिले यी काम ठप्प भएका छन् ।
सडक डिभिजन कार्यालय, काठमाडौंले निर्माण सामग्रीहरू ल्याउन पासको व्यवस्था गरेर सामग्री ल्याउने स्थलसम्म सवारी पठाए पनि जिल्लाहरूमा अवरोध हुँदा निर्माण सामग्री आपूर्ति नै ठप्प भएको बताएको छ । काठमाडौं उपत्यकाको पूर्वाधार निर्माणका लागि ललितपुरको टीकाभैरव, काभ्रेको पनौती र दोलालघाटबाट निर्माण सामग्री ल्याउने गरिन्छ । बालुवा, गिट्टीलगायत सामग्री ल्याउन गाडीहरू पठाए पनि ल्याउन नसकिएको बताइएको छ । सामग्री अभावकै कारण प्राथमिकताका साथ अघि बढाइएको चाबहिल–गौशालाको सडक मर्मत पनि प्रभावित भएको छ । यस्तै पोखरा क्षेत्रीय अन्तरराष्ट्रिय विमानस्थल निर्माणका लागि भारत र चीनबाट ल्याउने भनिएका उपकरण, साजसज्जाका सामग्री र सिमेन्ट रोकिँदा मुख्य काम अघि बढाउन समस्या भएको आयोजनाले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x