कैलाली उद्योग वाणिज्य संघद्वारा राहत हस्तान्तरण
धनगढी, २० वैशाख । कैलाली उद्योग वाणिज्य संघले लकडाउनका कारण समस्यामा परेकाहरुका लागि राहत सामग्री हस्तान्तरण गरेको छ । उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवर, वरिष्ठ उपाध्यक्ष पुष्कर ओझा लगायतको टोलीले धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडलाई १ लाख १९ हजारको खाद्यान्न र ३ लाख ३२ हजार नगद उपलब्ध गराउने गरी समझदारीपत्र हस्तान्तरण गरेका हुन् ।
नगरप्रमुख वडले अप्ठेरो अवस्थामा कैलाली उद्योग वाणिज्य संघले मानवीयताका लागि सहयोग गरेको बताए । कैलाली उद्योग वाणिज्य संघले गरेको सहयोग लकडाउनका कारण समस्यामा परेकाहरु सम्म पु¥याउने नगरप्रमुख वडले बताए । उनले कैलाली उद्योग वाणिज्य संघलाई धन्यवाद दिए ।
कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले नगद र खाद्य सामग्री गरेर ५ लाख १ हजार बराबर राहत धनगढी उप–महानगरपालिकालाई उपलब्ध गरेको बताए । अध्यक्ष कुँवरका अनुसार होटल ब्यावसायी संघ कैलाली बाट २५ हजार, हार्डवयर ब्यावसायी संघ कैलाली २१ हजार ७५ वराबरको खाद्यान्न, नाटा सुदूरपश्चिम बाट ५ हजार, किराना व्यवसायी संघबाट ६ हजार ५००, धनगढी होलसेल व्यवसायी संघबाट ६ हजार १००, मदिरा व्यवसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, इलेक्ट्रोनिक्स व्यवसायी संघ कैलालीबाट १६ हजार ८ सय ७५, पुस्तक व्यवसायी संघ कैलालीबाट १५ हजार, पोल्ट्री व्यवसायी संघ कैलालीबाट १८ हजार र तरकारी व्यवसायी संघ कैलालीबाट ३८ हजार बराबरको आलु संकलन गरेर राहत स्वरुप उप–महानगरपालिकालाई उपलब्ध गराइएको हो ।