Date

आइत, बैशाख ७, २०८२
Sun, April 20, 2025

चालु आर्थिक वर्षमा पास भएका सबैको लाईसेन्स वितरण गछौंः महानिर्देशक हमाल (भिडियोसहित)

चालु आर्थिक वर्षमा पास भएका सबैको लाईसेन्स वितरण गछौंः महानिर्देशक हमाल (भिडियोसहित)

काठमाडौं, २१ वैशाख । यातायात व्यवस्था विभागले लकडाउनमा पनि स्मार्ट लाईसेन्स छपाईको कामलाई तिब्रता दिएको छ । यो आर्थिक वर्ष भित्र लाईसेन्स पास गर्नेहरु सबैलाई लाईसेन्स वितरण गर्ने योजना सहित काम भईरहेको यातायात व्यवस्था विभागले बताएको छ ।

६ देखि ८ महिना अगाडि लाईसेन्स पास गरेकाहरुले अहिलेसम्म स्मार्ट लाईसेन्स प्राप्त नगरेको र यो आर्थिक वर्षमा लाईसेन्स पास गर्नेहरुले लाईसेन्स प्राप्त गर्ने गरी काम भईरहेको यातायात व्यवस्था विभागमा महानिर्देशक ई.गोगन बहादुर हमालले जानकारी दिए । तर, १ वर्ष अगाडि लाईसेन्स पास गर्नेहरुले लाईसेन्स प्राप्त नभएको र राजस्व तिरेको भौचर बोकेर हिड्नु परेको गुनासो गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x