Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

विद्युत् महशुल संकलनमा चरम ह्रास, प्राधिकरणको आर्थिक अवस्था खस्कँदै

काठमाडौं, २१ वैशाख । सरकारले जारी राखेको लकडाउनका कारण नेपाल विद्युत् प्राधिकरणको विद्युत् महशुल सङ्कलनमा चरम ह्रास आएको छ । प्राधिकरणले मासिक रू. ६ अर्ब बराबरको महशुल उठाउँदै आएको भए पनि लकडाउनका कारण मासिक रू. ६० लाखको हाराहारीमा मात्र महशुल उठिरहेको प्राधिकरणले बताएको छ ।

कोरोनाको सङ्क्रमण फैलने डलरले प्राधिकरणले महशुल सङ्कलन काउण्टर खोलेको छैन । विद्युतीय प्रणालीबाट भुक्तानी हुने महशुलको मात्रा कम भएकाले महशुल सङ्कलन काउण्टर नै खोल्नुपर्ने बाध्यता रहेको छ ।

लकडाउनका कारण अत्यावश्यक सेवामा रहेका कर्मचारी मात्र कार्यालयमा छन् । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार महशुल सङ्कलनमा देखिएको अप्ठ्यारोका कारण संस्थाको आर्थिक अवस्थामा सङ्कट देखिने अवस्था पैदा भएको छ ।   नेपाल इन्जिनियर्स एशोसिएसनको इनर्जी म्यानेजमेन्ट समितिले आयोजना गरेको बेवसेमिनारमा बोल्दै प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले लकडाउनको अवस्था अझै कायम रहेको खण्डमा प्राधिकरणमा ठूलो आर्थिक नोक्सानी भोग्नुपर्ने बताएका छन् ।

प्राधिकरणका ३८ लाख घरायसी ग्राहक छन् । त्यस्तै झण्डै दुई लाख मध्यम तथा ठूला व्यावसायिक ग्राहक छन् । घरायसी ग्राहकले १५० युनिटसम्म विद्युत् प्रयोगमा चैत र वैशाख महिनाभरको महशुलमा २५ प्रतिशत छुट पाउने व्यवस्था गरिएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारी रोकथामका लागि सरकारद्वारा घोषित लकडाउनको समयमा धेरैको रोजगारी गुमेको तथा आर्थिक गतिविधि ठप्प भएको अवस्थालाई मध्यनजर गर्दै ग्राहकलाई राहत दिने तथा एलपी ग्यास विस्थापन गरी इन्डक्सनसहित विद्युतीय चुल्हो प्रयोगमा प्रोत्साहन गर्ने उद्देश्यले त्यस्तो निर्णय गरिएको थियो ।अठ्तीस लाख ग्राहकलाई १५० युनिटसम्मको खपतमा २० प्रतिशत छुट दिँदा एक महिनामा सरकारी राजश्वमा रु ५० करोड नोक्सान हुन्छ । गत आर्थिक वर्षमा प्राधिकरणको महशुलबाट रु ३० अर्ब उठेको थियो । लकडाउनका कारण उद्योगधन्दा, कलकारखाना, बिजनेस कम्प्लेक्स, होटल, सिनेमा घर, कार्यालय बन्द हुँदा विद्युत् खपत समेत घटेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x