अशोक लेलैण्डकोनयाँ क्याप्टेन टिपर अब नेपालमा
काठमाडौ, १६ माघं । आइएमई मोटर्स प्रा लिले अशोक लेलैण्डको क्याप्टेन टिपरको नेपालमा बिक्रि वितरण सुरु गरेको छ । हिजो सोमबार कम्पनीले कार्यक्रमको आयोजना गरि उक्त गाडीको बिक्री वितरण सुरु गरेको हो ।
अशोक लेलैंण्डको मेण्टेनन्स मैत्री प्रतिष्ठालाई जारि राख्दै क्याप्टेन सिरिजका गाडीहरु जसमा उच्च माइलेज, बढ्दो सवारी अपटाइम र कम भन्दा कम टीप समय रहेका छ । जसले गर्दा सवारी सञ्चालन लागत कम गर्दछ । क्याप्टेनगाडीहरुमा इलेक्ट्रिक तथा इलेक्ट्रोनिक बिशेषताहरु भएकोल ेचलकलाई गाडीको विभिन्न अवस्थाहरुको बारेमा जानकारी प्राप्त हुन्छ । यस ट्रकले नेपालको उच्च दक्षता भएको ट्रकको बढ्दो मागलाई पुरा गर्नेछ ।
क्याप्टेन टिपरका मुख्य आकर्षण भनेको राम्रो कार्य दक्षता र चालकलाई आरामदाई क्याबिन रहेको छ । यसमा ६ प्रकारको एड्जस्टेबल सस्पेण्डेड चालक सिट, टिल्टेबल र टेलिस्कोपिक स्टियरिङ्ग कलमं, वातानुकुलित क्याबिन र म्युजिक सिस्टम रहेको छ ।
क्याप्टेनसिरिजका गाडीहरुले ३ वटा क्षेत्रहरु जस्तै चालकलाई आराम,विश्वसनीयतार कार्यक्षमतालाई ध्यान दिदैं नेपाली बजारमा प्रतिस्पर्धामा उत्रेको छ । भारतमा सन् २०१४ मा लन्च भएको क्याप्टेन सिरिजका ट्रकहरु तथा टिपरहरु १६ देखि ४९ टनसम्मका विभिन्न प्रकारका टिपर, ट्रेक्टर, र ट्रकमा उपलब्ध छन् ।