Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

गैरआवासीय नेपाली संघले १० अर्ब रुपैयाँको लगानी कोष दर्ता गर्ने

गैरआवासीय नेपाली संघले १० अर्ब रुपैयाँको लगानी कोष दर्ता गर्ने

काठमाडौं, १६ माघ । गैरआवासीय नेपाल संघले नेपालमा लगानी प्रवर्धन गर्ने उद्देश्यले लगानी कोष दर्ता गर्ने जनाएको छ । उक्त कोषमा १० अर्ब रुपैयाँ जम्मा गरिने गैरआवासीय संघले बताएको छ ।

यस कोषको संचालनको लागि संघले बेलायतमा कार्यशाला गोष्ठीको आयोजना गरेको थियो । कोषको संचालनको लागि संघले अध्यायन गर्नुका साथै नेपालको सम्बन्धित निकायमा दर्ता गरि रकम संकलनको कार्य अघि बढाउने बताएको छ । उक्त कुरा गैरआवासीय नेपाली संघको अन्तर्राष्ट्रिय समन्वय परिषदले कार्यभार सम्हालेको एक सय दिन पुरा भएको अवसरमा बताएको हो ।

यसै कार्यक्रममा संघले लाप्राक नमुना वस्ती निर्माणको प्रगति विवरण, संघको कार्यलय भवन निर्माणको अवस्था, शंखमुल पार्क निर्माण तथा संघको परोपकारी कार्यहरुको बारेमा जानकारी समेत दिइएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x