Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

सम्पदा पुनर्निर्माण सुस्त, भूकम्पपछिको ५ वर्षमा ४३ प्रतिशत मात्र सम्पन्न

सम्पदा पुनर्निर्माण सुस्त, भूकम्पपछिको ५ वर्षमा ४३ प्रतिशत मात्र सम्पन्न

काठमाडौं, २३ वैशाख । महाभूकम्पछिको ५ वर्ष अवधिमा सम्पदा पुनर्निर्माणमा ४३ प्रतिशत मात्र प्रगति भएको छ । भूकम्प प्रभावित ३२ जिल्लाका ९२० सम्पदामध्ये हालसम्म ४०२ ओटाको पुनर्निर्माण सम्पन्न भएको राष्ट्रिय पुननिर्माण प्राधिकरणको तथ्यांकले देखाएको छ । उक्त तथ्यांक अनुसार पाँच वर्षमा भूकम्पले क्षति पु¥याएका सम्पदामध्ये आधा पनि पुनर्निर्माण सम्पन्न हुन सकेको छैन ।
२०७२ वैशाख १२ गतेको भूकम्पले काठमाडौँ उपत्यकाभित्रका विश्व सम्पदा क्षेत्रमा सूचीकृत १७० सम्पदामा क्षति पुगेको थियो । उपत्यकामा क्षतिग्रस्त बनेकामध्ये १०१ अर्थात् ५९ प्रतिशतको पुनःनिर्माण सम्पन्न भएको छ । बाँकी ५४ अर्थात् ३२ प्रतिशत पुनर्निर्माणको क्रममा रहेको प्राधिकरणले बताएको छ । भूकम्पले क्षति पुगेका सम्पदा पुनर्निर्माण पुरातत्व विभागले गरिरहेको छ । बजेट व्यवस्थापन र समन्वयको काममात्र प्राधिकरणले गरेको हो ।
धरहरा र रानीपोखरी भने प्राधिकरणले पुनर्निर्माण गरिरहेको छ । यसैगरी पशुपति क्षेत्रका सम्पदा भने पशुपति क्षेत्र विकास कोषले नै गरिरहेको छ । स्थानीय तह सञ्चालन ऐन २०७४ अनुसार उपत्यकाका केही नगरपालिकाले पनि सम्पदा पुनःनिर्माण गरिरहेका छन् । स्थानीय तहले सम्पदा पुनःनिर्माण गर्दा विभागको समन्वयमा गर्ने गरेका छन् । काष्ठमण्डप काठमाडौँ महानगरपालिकाको संयोजनमा पुनर्निर्माण समितिले बनाइरहेको छ । काष्ठमण्डप, रानीपोखरी, धरहरा, रातो मच्छेन्द्रनाथ, पशुपति क्षेत्रका जयवागेश्वरी, विश्वरुप मन्दिरलगायत संरचना पुनःनिर्माणमा ढिलाइ भएको भन्दै सम्पदा प्रेमीले दबाब दिँदै आएका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीले पनि सम्पदा पुनःनिर्माणमा प्रभाव परेको छ । डेढ महिनादेखि धेरै सम्पदा पुनःनिर्माणको काम ठप्प छ ।
भूकम्पलगत्तै नाकाबन्दीका कारण पनि सम्पदा पुनःनिर्माणमा ढिलाइ भएको थियो । परम्परागत निर्माण सामग्री, काठ, कालिगढलगायत पाउन कठिन हुँदासमेत सम्पदा पुनःनिर्माणमा ढिलाइ हुने गरेको छ । सम्पदा भत्किनुअघिकै अवस्थामा पुनःनिर्माण गर्नुपर्ने भएकाले पनि काममा ढिलाइ हुने गरेको प्राधिकरणले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x