Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग

‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा सुनचाँदी ब्यवसायी महासंघको १५ लाख सहयोग

काठमाडौं, २५ वैशाख । नेपाल सुनचाँदी ब्यवसायी महासंघले ‘कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोष’ मा १५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराएको छ । महासंघले बुधबार प्रधानमन्त्री तथा मन्त्री परिषद्को कार्यलयका सचिव नारायणप्रसाद विडारीलाई सो सहयोग रकमको चेक हस्तान्तरण गरेको हो ।

बिश्वब्यापी महामारीकोरुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणमा सहयोग पु¥याउने उद्धेश्यले सुनचाँदी ब्यवसायी महासंघका तर्फबाट यो सहयोग उपलब्ध गराइएको महासंघका अध्यक्ष मोहन कुमार सुनारले जानकारी दिए ।

त्यस्तै महासंघले बिश्वब्यापी रुपमा फैलिएको यस प्राकृतिक विपत्तिको समयमा विभिन्न जिल्ला तथा नगर संघ एवं एशोसिएटस् सदस्यमार्फत राहतका कार्यक्रमहरु सञ्चालन गरिँदै आएको महासंघका महासचिव धर्मसुन्दर बज्राचार्यले जानकारी दिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x