पर्यटन व्यवसायीले श्रमिकलाई कामबाट निकाल्न पाउदैनन् : मन्त्री भट्टराई
काठमाडौं, २५ बैशाख । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री योगेश भट्टराईले पर्यटन व्यवसायीले श्रमिकहरूलाई कामबाट निकाल्न नपाउने बताएका छन्। कोरोना भाइरेको संक्रमण रोकथामका लागि सरकारले लकडाउन गरेपछि होटल संघ नेपाल (हान) ले होटल बन्द गर्ने र कर्मचारीलाई मासिक पारिश्रमिकको १२.५ प्रतिशत मात्र भुक्तानी गर्ने निर्णय गरेपछि मन्त्री भट्टराईको यस्तो बताएका हुन ।
मन्त्री भट्टराईले भने– “हामीले भनेका छौं, कुनै पनि व्यवसायीले श्रमिकहरूलाई निकाल्न पाइदैन । ” कोरोना भाइरसबाट परेको प्रभाव कम गर्न व्यवसायी र श्रमिकको हितमा केही प्याकेज अगाडि सार्ने सोचका साथ मन्त्रालयले काम गरिरहेको पनि उनले बताए ।
मन्त्रालयले व्यवसाय पुनः सञ्चालनमा ल्याउन बिनाधितो सहुलियत दरको कर्जा उपलब्ध गराउने, पुरानो ऋणको पुनर्तालिकीकरण गर्ने, भ्याट तथा ट्याक्समा छुट दिनेलगायत विषयमा सहयोग गर्ने मन्त्री भट्टराईले बताए।