Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

कोरोना नियन्त्रण कोषमा श्रम मन्त्रालयको साढे १४ लाख

कोरोना नियन्त्रण कोषमा श्रम मन्त्रालयको साढे १४ लाख

काठमाडौं, २५ वैशाख । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा रु. १४ लाख ५१ हजार ९६७ दाखिला गरेको छ । मन्त्रालय तथा मातहतका पाँच निकायका सबै तहका कर्मचारीको तर्फबाट उक्त रकम कोषमा दाखिला गरिएको मन्त्रालयका प्रवक्ता सुमन घिमिरेले जानकारी दिएका छन् । सचिव र सहसचिवको सात दिन, उपसचिव र शाखा अधिकृतको पाँच दिन र अन्य कर्मचारीको तीन दिनको तलब रकम जम्मा गरिएको मन्त्रालयले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x