Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

बजेटमार्फत पर्यटन दशक सम्बन्धी विशेष कार्यक्रम ल्याइँदै

बजेटमार्फत पर्यटन दशक सम्बन्धी विशेष कार्यक्रम ल्याइँदै

काठमाडौँ, २५ वैशाख । कोरोना भाइरस तथा लकडाउनका कारण प्रभावित मुलुकको पर्यटन क्षेत्रको पुनःस्थापनाका लागि सरकारले आगामी आर्थिक वर्षमा पर्यटन दशक सम्बन्धी विशेष कार्यक्रम ल्याउने भएको छ । सिंहदरबारमा बिहीवार आयोजित ‘कोभिड–१९ पछिको पर्यटन र आगामी आर्थिक वर्ष २०७७÷७८ को नीति कार्यक्रममा समेटिने पर्यटन विकासका योजना कार्यक्रम’बारे सञ्चारकर्मीसँगको अन्तरक्रियामा संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री योगेश भट्टराईले कोभिड–१९ बाट थलिएको पर्यटन क्षेत्रलाई पुर्नजीवित गर्न दशवर्षे रणनीतिक अवधारणा ल्याइने बताएका हुन् ।
मन्त्री भट्टराईका अनुसार सन् २०२१ देखि २०३० सम्मको अवधिलाई पर्यटन दशकका रूपमा अघि बढाइनेछ । पूर्वघोषित नेपाल भ्रमण वर्ष–२०२० कार्यक्रम पनि कोभिड–१९ का कारण स्थगित भइसकेको सन्दर्भमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा १० वर्षे पर्यटन रणनीतिलाई प्राथमिकताका साथ अघि बढाइने उनले जानकारी दिए । आगामी आवको नीति कार्यक्रममा नेपालको पर्यटनको १० वर्षे रणनीति (सन् २०२१ देखि २०३० सम्म) ल्याएर पर्यटन दशकको रूपमा मनाउनेगरी प्रस्ताव अघि बढाएको उनको भनाइ छ । यसको विस्तृत कार्यक्रम छिट्टै सार्वजनिक गरिने बताइएको छ ।
पर्वतीय पर्यटन, पर्या पर्यटन, जल पर्यटन, धार्मिक पर्यटन, खेलकुद पर्यटन, स्वास्थ्य पर्यटन र शिक्षा पर्यटनलाई प्रवद्र्धन गर्नेगरी नीति तथा कार्यक्रममा समेटिनेछ । साथै कोभिड–१९ बाट प्रभावित श्रमिक तथा व्यवसायीको हितमा पुनःस्थापनाका प्याकेज ल्याइने उल्लेख छ । अहिले पर्यटन उद्योगका श्रमिकलाई व्यवसायीले निकाल्न नपाउने र उनीहरुलाई सम्बोधन हुनेगरी सरकारले पनि केही सहयोग गर्ने सोच बनाएको भन्दै साझेदारीका साथ अघि बढ्ने मन्त्री भट्टराईले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x