राष्ट्र बैंकले १० अर्व रुपैयाँको रिपो जारी गर्दै
काठमाडौं, १७ माघ । नेपाल राष्ट्र बैंकले आज १० अर्व रुपैयाँ बराबरको रकम बैंकिङ प्रणालीमा पठाउदै छ । बजारमा लगानी योग्य रकम (तरलता) अभाव भएपछि राष्ट्र बैंकले रिपो मार्फत तरलता प्रबाह गर्न लागेको हो ।
५ प्रतिशत ब्याजदरमा उपलब्ध गराईने उक्त रिपोको म्याद फागुन २ गते सम्म रहेको छ । न्यूनतम १ करोड वा १ करोड रुपैयाँले भाग जाने अधिकतम रकमसम्म बोलगर्न सकिने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकका अनुसार अहिले बैंकिङ प्रणालीमा तरलता घटेर १८ अर्व रुपैयाँ भन्दा तल झरेको छ ।