Date

शनि, बैशाख १५, २०८१
Sat, April 27, 2024

सेञ्चुरी र नबिल बैंक दुवैले गरे अनिल शाहसंग सम्झौता रद्द

सेञ्चुरी र नबिल बैंक दुवैले गरे अनिल शाहसंग सम्झौता रद्द

काठमाडौं, १७ माघ । सेञ्चुरी बैंक र नविल बैंकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने सम्झौता रद्द गरेको छ ।

सेञ्चुरी कमर्शियल बैंकको मंसिर १६ गते बसेको सचालक समितिको बैठकले अनिल शाहलाई प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गर्ने निर्णय गरेको थियो । सोहि अनुसार बैंक र शाह बिच सम्झौता भएको थियो र उनलाई पौष १७ गतेबाट कार्यभार सम्हाल्ने जिम्मेवारी दिइएको थियो । तर शाहले मासिक तलव नपुग्ने भन्ने कारण देखाई बैंकमा हाजिरीको लागि असमर्थ रहने जनाए पछि बैंकले उनीसंगको सम्झौता रद्द गरेको छ ।

यस्तै अनिल शाहलाई नबिल बैंकको पौष १३ गते बसेको संचालक समितिको बैठकले बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको थियो । तर राष्ट्र बैंकले एक बैंकबाट अर्काे बैंकमा प्रमुख कार्यकारी अधिकृत भएर जाँदा ६ महिनाको कुलिङ पिरियड लागुको निर्देशन जारीले शाहलाई नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत भएर तत्काल जान नमिल्ने भएको छ । सोहि कारण बैंकले शाहसंगको सम्झौता रद्द गरेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x