Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

नेपालबाट पाम आयात गर्नेको भारतले लाइसेन्स खारेज गर्यो

नेपालबाट पाम आयात गर्नेको भारतले लाइसेन्स खारेज गर्यो

काठमाडौं, ३१ वैशाख । भारतले नेपाल र बंगलादेशबाट तयारी पाम तेल आयात गरिरहेका ३९ भारतीय कम्पनीको आयात इजाजत रद्द गरिदिएको छ । त्यी आयातकर्ता फर्मले नेपाल र बंगलादेशबाट ४ लाख ५२ हजार ३०३ टन तयारी पाम तेल आयात गर्ने लाइसेन्स लिएका थिए । नेपालले पनि इण्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधन गरी भारतीय बजारमा बेच्दै आएको थियो ।

३१ वैशाख (रोयटर्स) । भारतले नेपाल र बंगलादेशबाट तयारी पाम तेल आयात गरिरहेका ३९ भारतीय कम्पनीको आयात इजाजत रद्द गरिदिएको छ । त्यी आयातकर्ता फर्मले नेपाल र बंगलादेशबाट ४ लाख ५२ हजार ३०३ टन तयारी पाम तेल आयात गर्ने लाइसेन्स लिएका थिए । नेपालले पनि इण्डोनेसियाबाट कच्चा पाम ल्याएर प्रशोधन गरी भारतीय बजारमा बेच्दै आएको थियो ।

साफ्टाको प्रावधान अनुसार ३० प्रतिशत मूल्य अभिवृद्धि गरेर भारतमा तयारी पाम तेल निकासी गर्ने नेपाली उद्योगहरु मारमा परेका छन् । जनवरी ८ मा भारतले पाम तेल आयातमा प्रतिबन्ध लगाएको थियो । मलेसिया र भारतबीचको कुटनीतिक सम्बन्धको असर भनिएपनि नेपाल, बंगलादेश लगायत कच्चा पाम ल्याएर प्रशोधन गरेर बेच्ने देशहरु पनि प्रभावित भएका थिए ।

प्रतिबन्ध लगाएको झण्डै एक महिनापछि भारतले फेरी त्यहाँका आयात फर्मले इजाजत (लाइसेन्स) लिएर निश्चित कोटामा आयात गर्न दिने व्यवस्था गरेको थियो । यसरी तयारी पाम तेल आयातका लागि भारतीय आयातकर्ता फर्महरुलाई दिएको अनुमति भारतले पुनः खारेज गरिदिएसँगै नेपाल र बंगलादेशबाट भारतमा तयारी पाम तेल निकासी अनिश्चित भएको रोयटर्सले जनाएको छ ।
भारतले पाम आयल आयात गर्ने कम्पनीको लाइसेन्स खारेज गरेसँगै पाम तेल आयात घट्ने अनुमान गरिएको छ । यसले मलेसियाको पाम आयल आयात समेत व्यापक घट्ने अनुमान गरिएको छ । यद्यपि भारतले सोयाबिन तेल र सूर्यमुखी तेल आयात भने खुल्न सक्छ ।

तयारी पाम तेल आयात गर्ने सबै फर्मको लाइसेन्स तत्काल खारेज गरिएको हो । भारत विश्वको सबैभन्दा ठूलो खाने तेलको आयातकर्ता हो । मार्चसम्म नेपालबाट पाम तेल निर्यात ३१४ प्रतिशतले वृद्धि भई १८९,०७८ टन पुगेको थियो । त्यस्तै, बंगलादेशबाट आयात ५०० प्रतिशतले बढेको थियो ।
भारतले आयात गर्ने कुल पाम तेल मध्ये दुई तिहाई मलेसिया र इण्डोनेसियाबाट आयात हुन्छ । आयात प्रतिबन्ध लगाए पनि भारतमा पाम आयलको अभाव भने हुनेछैन । भारतीय बजारमा कोरोना भाइरस महामारीपछि वनस्पतिको तेलको खपत ४० प्रतिशतले घटेको भारतीय वनस्पति तेल उत्पादक संघका अध्यक्ष सुधाकर देसाइले बताएका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x