Date

बिहि, चैत्र १५, २०८०
Thu, March 28, 2024

जेठ २ मा नीति तथा कार्यक्रम

जेठ २ मा नीति तथा कार्यक्रम

काठमाडौं, ३१ वैशाख । आगामी आर्थिक वर्ष २०७७–७८ का लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ मा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्मा सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम वाचन गर्नेछिन् । नीति तथा कार्यक्रम आगामी बजेटका लागि आधार दस्तावेज हो । सरकारले गुणस्तरीय स्वास्थ्य पूर्वाधार विकास, कोरोना भाइरस प्रभावित अर्थतन्त्रको पुनरुत्थान तथा व्यवसायलाई कर सहुलियत जस्ता कार्यक्रम ल्याउने विनियोजन विधेयक, २०७७ का प्राथमिकतामा उल्लेख गरेको छ ।

आगामी आर्थिक वर्ष २०७७–७८ मा सकेसम्म नयाँ कार्यक्रम पेश नगर्ने र चालु कार्यक्रम यथासक्य छिटो सम्पन्न गर्ने कामलाई प्राथमिकता दिने सरकारले उल्लेख गरेको छ । आइतबार संसद्मा जारी पूर्व बजेट छलफल आज समापन हुनेछ । बजेटका सिद्धान्त र प्राथमिकताबारे विभिन्न सांसद्हरुले आफनो धारणा राखेका छन् । संघीय संसद्को बजेट अधिवेशन २६ गतेदेखि शुरु भएको छ । जेठ १५ भित्र बजेट प्रस्तुत गर्नुपर्ने र त्यसको १५ दिन अघि पूर्व बजेट छलफल सम्पन्न गर्नुपर्ने भएकाले शुक्रबारदेखि संसद् बोलाइएको हो । संक्रमणको जोखिमलाई ख्याल गर्दै सांसद्हरुको पीसीआर परिक्षण पछि संसद् सुचारु गरिएको हो । संसद्मा सांसदहरुलाई दुईओटा कुसी छाडेर बस्ने व्यवस्था मिलाइएको छ ।

आगामी आर्थिक वर्षको बजेट निर्माणलाई सरकारले अन्तिम चरणमा पु¥याएको छ । आगामी आर्थिक वर्षमा आर्थिक क्षेत्रको गतिविधि विस्तारका लागि राहत प्याकेज, कर सहुलियत, स्टार्ट अपलाई अनुदान, कृषि तथा पशुपालन र निर्माणका काममार्फत् व्यापक रोजगारी सिर्जना गर्नेमा सरकारले जोड दिदैं आएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x