Date

बुध, कार्तिक १४, २०८१
Wed, October 30, 2024

सरकारले अब जमिन बाँजो नछोड्ने नीति लागु गर्ने

सरकारले अब जमिन बाँजो नछोड्ने नीति लागु गर्ने

काठमाडौं, २ जेठ । सरकारले आगामी आर्थिक वर्षदेखि जमिन बाँजो नखोड्ने नीति लागु गर्ने भएको छ । आगामी वर्षदेखि सरकारले सघन खेति प्रणालीद्वारा कृषि खेति गर्ने नीति कार्यान्वयन गर्न लागेको हो ।

राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सरकारले आगामी आर्थिक वर्षदेखि कुनै पनि जमिन बाँजो नछोड्ने नीति लागु गर्ने बताइन् । उनले भनिन् -“सरकारले कृषिलाई आधुनिकीकरणलाई प्राथमिकता दिनेछ । सघन खेति प्रणालीद्वारा कृषि खेति गर्ने नीति कार्यान्वयन गरिने छ ।”

त्यस्तै बालि लगाउँनु भन्दा पहिला नै समर्थन मूल्य तोकिने पनि उनले जानकारी दिइन् । सरकारले कृषि क्षेत्रामा आईपर्ने जोखिम न्यूनिकरण गर्न उचित पहल चाल्ने बताइएको छ ।
त्यसैगरी समुदायलाई एकै किसिमको खेति गर्न उत्प्रेरणा गर्ने जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x