Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

कोरोना संक्रमितको संख्या बढ्यो

कोरोना संक्रमितको संख्या बढ्यो

काठमाडौं, ३ जेठ । नेपालमा कोरोना भाइरस(कोभिड–१९) संक्रमण थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रेस विज्ञप्ति जारी गर्दै काठमाडौंको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा विहान थप ६ जना भैरहवाको प्रादेशिक जनस्वास्थ्य प्रयोगशालामा ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या २७६ पुगेको छ । जसमध्ये निको भएर घर फर्कनेको संख्या ३६ छ ।

पछिल्लो समय कोरोना पुष्टि हुनेमा बर्दियाको नार्खु ११ निवासी २८ वर्षीय महिला, सिराहाको सखुवा १९ निवासी ३० वर्षीय पुरुष, पर्साको बिरगंज १२ निवासी २८ र २९ वर्षीय पुरुष, सर्लाहीको रामनगर ४ निवासी १८ वर्षीय महिला र चितवनको गढौली १ निवासी २५ वर्षीय महिला रहेको विज्ञप्तिमा उल्लेख छ ।

विहान ११ः३० बजे जारी गरिएको विज्ञप्तिअनुसार कपिलवस्तुको शिवराज नगरपालिका चन्द्रौटा निवासी २५, ३४ र ४४ वर्षीय पुरुपषमा कोरोना संक्रमण देखिएको हो ।

उनीहरुको स्वस्थ्य अवस्था सामान्य रहेको जनाइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x