Date

बिहि, भदौ २७, २०८१
Thu, September 12, 2024

इसेवा मनिट्रान्सफरले जापानबाट सेवा सुरु गर्यो

इसेवा मनिट्रान्सफरले जापानबाट सेवा सुरु गर्यो

काठमाडौं, ३ जेठ । इसेवा मनि ट्रान्सफरले आफ्नो पहिलो सेवा जापानबाट सुरु गरेको छ । जापानको वल्र्ड फेमिली रेमिटको डिजिटल माध्यमबाट रेमिट्यान्स् कारोबार सुरु गरेको इसेवा मनि ट्रान्सफरका प्रबन्ध निर्देशक अजेश कोइरालाले जानकारी दिए ।

यो सँगै अब जापानमा रहेका नेपालीहरुले इसेवा मनि ट्रान्सफर मार्फत सहज र सुरक्षित रुपमा रकम पठाउन सक्नेछन् । आगामी दिनहरुमा विश्वका अन्य मुलुकबाट पनि रेमिट्यान्स् कारोबार सुरु गरिने प्रबन्ध निर्देशक कोइरालाले बताए । इसेवा मनि ट्रान्सफरलाई विप्रेषणको विश्व बजारमा छुट्टै नाम, सेवा र प्रविधिको पूर्ण प्रयोग गर्ने कम्पनिको रुपमा स्थापना गर्नु आफुहरुको उदेश्य रहेको कम्पनीको भनाई छ । इसेवा मनि ट्रान्सफरले करिब दुई महिना अघि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स् प्राप्त गरेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x